back
SKIP
Prabhu Bank Road Block Ad

आन्तरिक पर्यटकको नयाँ गन्तव्य, मुस्ताङ : चैते दशैंमा मात्रै ११ हजार पुगे

Kumari bank ad

मुस्ताङ । पर्यटन सिजन सुरु भएसँगै मुस्ताङका होटल आन्तरिक पर्यटकले भरिभराउ भएका छन् ।   यस वर्ष हिउँ र वर्षा कम भएका कारण चैत महिनादेखि नै पर्यटकको आवागमन बढेपछि जिल्लाका होटल अग्रिम बुकिङ हुन थालेका हुन् ।

अनुकूल मौसमका समय मुस्ताङमा पोखरा–जोमसोम हवाई मार्गबाट समेत पर्यटक भ्रमणमा जाने गरेका छन् । फागुन अन्तिम सातादेखि असोज महिनासम्म मुस्ताङ भ्रमणका लागि उपयुक्त सिजन मानिन्छ ।

माटोको सहर लोमान्थाङ, तिब्बती कला संस्कृति, मुक्तिनाथ, कागबेनी, दामोरकुण्ड र फरक भू–बनोटका कारण मुस्ताङमा यो सिजनमा हजारौँ आन्तरिक पर्यटक पुग्ने गरेका छन् ।   गत वर्ष चैत महिनासम्म पनि बेमौसमी हिमपात भएका कारण कम पर्यटक भित्रिए पनि यस वर्ष मौसमले पनि साथ दिएको मुस्ताङका पर्यटन व्यवसायी खगेन्द्र तुलाचनले बताए।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जिल्लामा भित्रिने आन्तरिक पर्यटकको तथ्याङ्क सङ्कलन नगरे पनि बाह्य पर्यटकभन्दा दोब्बर आउने गरेको जनाएको छ ।   खासगरी पछिल्लो तीन वर्षयता नेपालीमा बिदा, चाडपर्व र विशेष अवसरमा घुम्ने संस्कृतिको विकास भएका कारण जिल्लाको पर्यटन क्षेत्र अहिले आन्तरिक पर्यटककै भरमा सञ्चालन हुँदै आएको छ ।

‘नेपाली विदेशीजस्तो हरेक कुरामा बार्गेनिङ गर्दैनन्, पहिला हामी सेतो छाला गरेको मान्छेलाई मात्र पर्यटक भन्थ्यौँ’, मुस्ताङ उद्योग वाणिज्य सङ्घका अध्यक्षसमेत रहेका तुलाचनले भने, ‘तर, अहिले यहाँको अवस्था बदलिएको छ, धेरै दिन अघिदेखि नै हाम्रा होटल बुकिङ भइरहेका छन् ।’ नयाँ वर्ष मनाउन र चैतेदसैँ पर्वको अवसरमा मात्रै बेनी हुँदै ११ हजार पर्यटक कागबेनी र मुक्तिनाथ पुगेको अनुमान गरिएको छ ।

गत वर्षको चैतेदसैँ पर्वमा विनाशकारी भूकम्पको त्रासका कारण कागबेनीमा पितृतर्पण गर्न एकदमै न्यून मात्रामा धार्मिक पर्यटक भित्रिए पनि यस वर्ष भने त्यसमा उल्लेख्य रुपमा सुधार आएको बताइएको छ । ‘लेतेदेखि माथि मुक्तिनाथसम्म करिब १५० होटल सञ्चालनमा छन्, चैत महिनादेखि अहिलेसम्म कुनै दिन खाली छैनन्’ तुलाचनले भने, ‘एकदमै राम्रो व्यापार भइरहेको छ।’

६ बैशाख २०७३, ११।००

वि.सं.२०७३ वैशाख ६ सोमवार ११:०९ मा प्रकाशित

You can share this post!

राहुघाट जलविद्युत् आयोजनालाई गति दिन उर्जामन्त्रीको निर्देशन   

राहुघाट जलविद्युत् आयोजनालाई गति दिन उर्जामन्त्रीको निर्देशन   

वि.सं.२०८० मंसिर २३ शनिवार २१:२१

तिल्केनीचौर (म्याग्दी), २३ मङ्सिर : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर...

चितवनका किसानले पाएनन् दूधको २२ करोड भुक्तानी   

चितवनका किसानले पाएनन् दूधको २२ करोड भुक्तानी   

वि.सं.२०८० मंसिर २३ शनिवार २१:१५

चितवन, २३ मङ्सिर : जिल्लाका दुग्ध उत्पादक किसानले दूध बिक्रीबापतको...

मौद्रिक नीतिको समीक्षाबाट अर्थतन्त्र सुधारमा सहयोग पुग्ने : अध्यक्ष ढकाल 

मौद्रिक नीतिको समीक्षाबाट अर्थतन्त्र सुधारमा सहयोग पुग्ने : अध्यक्ष ढकाल 

वि.सं.२०८० मंसिर २३ शनिवार २१:११

काठमाडौँ, २३ मङ्सिर : नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको...

दलहरुले आफ्ना सांसदलाई प्रशिक्षण दिएर संसदमा पठाउनुपर्छ : राजेन्द्रप्रसाद पाण्डे

दलहरुले आफ्ना सांसदलाई प्रशिक्षण दिएर संसदमा पठाउनुपर्छ : राजेन्द्रप्रसाद पाण्डे

वि.सं.२०८० मंसिर २३ शनिवार १०:५८

हेमन्त जोशी काठमाडौँ, २३ मङ्सिर : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत...

केही स्थानमा हिमपातको सम्भावना

केही स्थानमा हिमपातको सम्भावना

वि.सं.२०८० मंसिर २३ शनिवार ०६:५९

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।...

महानगरभित्र प्लास्टिकका फूल र रुख राख्न निषेध   

महानगरभित्र प्लास्टिकका फूल र रुख राख्न निषेध   

वि.सं.२०८० मंसिर २३ शनिवार ०६:४८

काठमाडौँ, २२ मङ्सिर : काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्र प्लास्टिकका फूल...