
काठमाण्डौं । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरर्गत नामिवियाले नेपालसामू २४० रनको चुनौती प्रस्तुत गरेको छ। टस हारेर पहिले व्याटिङको निम्तो पाएको पाहुना टोली नामिवियाले पुरै ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा २३९ रन जोड्यो।
नामिविया स्टेफन बार्डले सर्वाधिक ५१ रन जोडे। यस्तै जेन ग्रिनले ४७ रन जोड्दा सारेल बर्गर ४३ रनमा नटआउट रहे।
नेपालका लागि बसन्त रेग्मी, शक्ति लामिछाने र सन्दिप लामिछानेले समान २–२ विकेट लिए।नेपालले अब केहीबेरमा जवाफी व्याटिङ थाल्नेछ।
प्रकाशितः २०७२ वैशाख ६
वि.सं.२०७३ वैशाख ६ सोमवार १३:१४ मा प्रकाशित