back

अब नेपाल लाइफले डिम्याट सेयरको मात्र कारोबार गर्ने

Kumari bank ad

काठमाण्डौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले डिम्याट सेयर मात्रै वितरण गर्ने भएको छ । डिम्याट सेयरको मात्रै कारोबार भइरहेकोले कागजी प्रमाणपत्र वितरण नगर्ने जानकारी कम्पनीले दिएको हो ।

यो कम्पनीको सेयर किनेका लगानीकर्तालाई सबै सेयर डिम्याट गराउन आग्रह गर्दै कम्पनीले हाल घोषणा गरेको बोनस सेयर पनि डिम्याट मात्रै दिने जनाएको छ। भौतिक सेयर प्रमाण पत्र उपलब्ध गराउँदा यस्ता प्रमाणपत्रको कारोबार गर्न पुनः डिम्याट गर्नुपर्ने हुँदा डिम्याट मात्रै दिने कम्पनीले जनाएको छ ।

डिम्याट खाता खोलिसकेका लगानीकर्तालाई भने बोनस सेयर सूचीकरण पछि सिधै खातामै सेयर जम्मा गरिदिने जानकारी पनि कम्पनीले गराएको छ । त्यस्तै भौतिक सेयर प्रमाण पत्र लिएर बसेका लगानीकर्तालाई यस्तो सेयर डिम्याट गराउन पनि नेपाल लाइफले आग्रह गरेको छ ।

वि.सं.२०७३ वैशाख ६ सोमवार १५:११ मा प्रकाशित

You can share this post!

कोरियन भाषा परीक्षाको आवेदन खुला, यस्तो छ सूचना र आवेदन प्रक्रिया

कोरियन भाषा परीक्षाको आवेदन खुला, यस्तो छ सूचना र आवेदन प्रक्रिया

वि.सं.२०८० मंसिर १९ मंगलवार ०७:१३

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषा परीक्षाको...

आजको मौसमः तीन प्रदेशमा वर्षाको सम्भावना, उच्च पहाडी र हिमाली भू-भागमा हिमपात

आजको मौसमः तीन प्रदेशमा वर्षाको सम्भावना, उच्च पहाडी र हिमाली भू-भागमा हिमपात

वि.सं.२०८० मंसिर १९ मंगलवार ०६:४६

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको साथै भारतको उत्तर प्रदेशको...

मुक्तिनाथ कृषि कम्पनीको आइपीओ आज बाँडफाँड हुँदै

मुक्तिनाथ कृषि कम्पनीको आइपीओ आज बाँडफाँड हुँदै

वि.सं.२०८० मंसिर १९ मंगलवार ०६:३८

काठमाडौँ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आईपीओ बाँडफाड आज हुने...

एनसेल शेयर खरिद–बिक्रीको वैधता निर्क्योल गर्न प्रधानमन्त्रीको निर्देशन   

एनसेल शेयर खरिद–बिक्रीको वैधता निर्क्योल गर्न प्रधानमन्त्रीको निर्देशन   

वि.सं.२०८० मंसिर १९ मंगलवार ०६:२६

काठमाडौँ, १८ मङ्सिर : दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा...

आज १९ मंसिर २०८० मंगलवार, हेर्नुहोस् आजको राशिफल

आज १९ मंसिर २०८० मंगलवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८० मंसिर १९ मंगलवार ०६:२१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

एनसेलको शेयर खरिद–बिक्री शङ्काको घेरामा   

एनसेलको शेयर खरिद–बिक्री शङ्काको घेरामा   

वि.सं.२०८० मंसिर १८ सोमवार १८:०१

काठमाडौँ, १८ मङ्सिर : दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा...