
काठमाण्डौं । सिटिजन्स बैंकले चालु वर्षको तेस्रो त्रैमासिक अवधिसम्म ७२ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको भन्दा यस वर्षको नौ महिनामा बैंकको नाफा २६ करोड रुपैयाँ बढेको हो ।
यही अवधिमा गत वर्ष बैंकले नौ महिनामा ४५ करोड ७८ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकको व्यालेन्सिटको आकार नै निकै बढेको छ । निक्षेप तथा कर्जामा ठूलो बृद्धि देखिएको छ जसले बैंकलाई नाफा बढाउन सहयोग पुगेको हो । निक्षेप ३४ अर्बबाट ४४ अर्ब रुपैयाँ पुग्यो भने कर्जा लगानी २८ अर्बबाट करिब ३८ अर्ब रुपैयाँ पुग्यो ।
बैंकको सञ्चालन नाफा एक अर्ब १९ करोडबाट बढेर एक अर्ब ५१ करोड रुपैयाँ पुगेको छ । बैंकले यो अवधिमा व्याज आम्दानीमा मात्रै २२ करोड रुपैयाँ भन्दा धेरै थपेको छ । अघिल्लो वर्ष ९४ करोड खुद व्याज आम्दानी गरेको यो बैंकले यस वर्ष एक अर्ब १६ करोड रुपैयाँ पुर्याएको छ ।
७ चैत २०७३, ९।००
वि.सं.२०७३ वैशाख ७ मंगलवार ११:०२ मा प्रकाशित