
काठमाण्डौं । एभरेष्ट बैंकले भारतबाट मोबाइलमार्फत रकम पठाउन सकिने सेवा सुरु गरेको छ । बैंकले आधुनिक बैंकिङलार्इ भित्र्याउने क्रममा मोबाइलमार्फत रकम पठाउने सेवा ल्याएको हो ।
भारतबाट पैसा पठाउन इच्छुक ग्राहकहरुले घरमै बसी मोबाइल इन्टर बैकिङ सुविधाको प्रयोग गरी पञ्जाव नेशनल बैंकका शाखाहरु तथा पञ्जाव नेशनल बैंकका प्रतिनिधहरुसँग नपुगि मोबाइलमार्फत रकम पठाउन सक्ने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यो सुविधा प्रयोग गरी रकम भित्र्याउने यो पहिलो बैंक हो । यो सुविधाबाट भारतमा रहेका धेरै नेपाली लाभान्वित हुनेछन् । बैंकले यो सुविधाको प्रयोग गरी सहज र झझन्टरहित तरीकाले नेपालमा रकम पठाउनसक्ने विश्वास लिएको छ । पञ्जाव नेशनल बैंक एभरेष्ट बैंकको संयुक्त लगानीकर्ता साझेदार रहेको भारतको ठूलो राष्ट्रिय बैंक हो ।
भारतमा यसको ६ हजार ६ सय ३५ शाखाहरु र ८ हजार व्यवसायिक प्रतिनिधि छन् । एभरेष्ट बैंकको ६१ वटा शाखा, पाँच वटा एक्सटेन्सन काउण्टर, २४ वटा राजस्व संकलन काउण्टर र ८४ वटा एटिएम मेसिन छन् ।
७ बैशाख २०७३, ९।००
वि.सं.२०७३ वैशाख ७ मंगलवार ११:०३ मा प्रकाशित