
काठमाण्डौं । आज मंगलबार सुनको भाउ १ सय रुपैयाँले घटेको छ। मूल्य घटेसँगै सुन आज ५४ हजार ४ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सुनको भाउ हिजो ५४ हजार ५ सय रुपैयाँ कायम थियो।
चाँदीको भाउ भने आज स्थिर रहदैँ प्रतितोला ७ सय ५० रुपैयाँमै कारोबार भएको छ।
प्रकाशितः २०७३ वैशाख ७
वि.सं.२०७३ वैशाख ७ मंगलवार १३:२७ मा प्रकाशित