काठमाण्डौं । अफगानिस्तानको राजधानी काबुल सहरको व्यस्त क्षेत्रमा मंगलबार बिहान तालिवानले गरेको कार बम बिस्फोटमा २८ जनाले ज्यान गुमाएका छन् ।
सरकारी कार्यालय र सहरबजार व्यस्त हुने समयमा काबुलको सरकारी कार्यालयनजिक विस्फोट गराइएको थियो । विस्फोट लगत्तै तालिवान लडाकुले गोली पनि चलाएका थिए । आक्रमणमा परि ३ सय २० जना घाइते भएका छन् ।
अफगान राष्ट्रपति असफर घानीले आक्रमणको कडा शब्दमा भत्र्सना गरेका छन् ।
प्रकाशितः २०७३ वैशाख ७
वि.सं.२०७३ वैशाख ७ मंगलवार १६:५९ मा प्रकाशित