back

डेढ करोडको मेसिनले बनाउँछ केरालाई पहेलो आकर्षक !

कञ्चनपुर । निश्चित तापक्रममा विषादीको प्रयोगबिनै फलफूल पकाउने प्रविधि नहुँदा यहाँ उत्पादित केराले सहजै बजार पाउन सकिरहेको थिएन । खासगरी भारतमा पहेंलो र आकर्षक बनाएर पकाइएको केरासँग प्रतिस्पर्धा गर्न नसक्दा यहाँको केराले बजार पाउन नसक्ने अवस्था आएको थियो । कञ्चनपुरका केरा कृषकहरूले अबदेखि उक्त समस्याबाट मुक्ति पाउने भएका छन् । महेन्द्रनगर बजारमै ठूलो लगानीमा केरा पकाउने शीत भण्डार (चेम्बर) सञ्चालनमा आएपछि स्थानीय उत्पादनले सहजै बजार पाउने व्यवसायीहरू बताउँछन् ।

महेन्द्रनगरका ४ जना फलफूल व्यवसायीको लगानीमा निर्माण गरिएको उक्त चेम्बर मंगलबार सञ्चालनमा आएको हो । करिब डेढ करोडको लगानीमा निर्मित उक्त चेम्बरमा एक पटकमा डेढ हजार टन फलफूल पकाउन सक्ने क्षमता छ । निश्चित तापक्रम मिलाएर पाकेको फलफूललाई पनि तीन महिनासम्म यथास्थितिमै राख्न सकिने सञ्चालक धीरेन्द्रबहादुर चन्दले बताए । उनका अनुसार चेम्बरमा फलफूल पकाउने मात्र नभई यहाँ उत्पादित तरकारीसमेत भण्डारण गर्न सकिने छ । ‘अहिले हाम्रो लक्ष्य यहाँ उत्पादित केरा पकाउने नै हो,’ उनले भने, ‘भविष्यमा अन्य फलफूसँगै तरकारी पनि भण्डारण गर्न सकिने छ ।’ चेम्बरको उद्घाटन अर्थ राज्यमन्त्री दामोदर भण्डारीले गरेका हुन् ।

कञ्चनपुरमा २ सय ७५ हेक्टर क्षेत्रफलमा केराखेती भइरहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । कृषि विकास अधिकृत टीकारामले यहाँ केराको उत्पादकत्व २२ टन प्रतिहेक्टर रहेको बताए । उनले भने, ‘यहाँको उत्पादन सुदूरपश्चिमका पहाडी जिल्लासम्म जाने गर्छ ।’

कञ्चनपुर केरा विकास सञ्जालका अध्यक्ष पूर्णसिंह साउदले चेम्बरमा पकाएर स्थानीय उत्पादन पनि भारतीय केराजस्तै आकर्षक बनाउन सकिने बताए ।’ उनका अनुसार विगतमा चेम्बरमा पकाइएको भारतीय केरासँग प्रतिस्पर्धा गर्न नसक्दा यहाँ उत्पादित केराले सहजै बजार पाउन सकेको थिएन ।

महेन्द्रनगरमा सञ्चालनमा आएको चेम्बर पश्चिम नेपालकै पहिलो भएको व्यवसायीहरूको दाबी छ । चेम्बर स्थापनाले केरा उत्पादक कृषकलाई राहत मिलेको कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेश रावलले बताए । उनले भने, ‘केरासँगै अन्य फलफूल उत्पादनमा पनि कृषकहरूलाई उत्साहित गरेको छ ।’

८ बैशाख २०७३, ८.००

वि.सं.२०७३ वैशाख ८ बुधवार ११:४७ मा प्रकाशित

You can share this post!

मुगुको गमगढीमा आगलागी   

मुगुको गमगढीमा आगलागी   

वि.सं.२०८० असोज ६ शनिवार ०७:११

मुगु, ६ असोज  : मुगु सदरमुकाम गमगढी बजारको कालिका मालिका...

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा   

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा   

वि.सं.२०८० असोज ६ शनिवार ०७:०५

ढोरपाटन (बागलुङ) ६ असोज : निसेलढोर र ढोरपाटन क्षेत्रका कृषक...

मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ   

मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ   

वि.सं.२०८० असोज ६ शनिवार ०६:५८

काठमाडौँ, ५ असोज : नेपाल प्रहरीले मलेसिया पठाइदिन्छु भनी ठगी...

चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन   

चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन   

वि.सं.२०८० असोज ६ शनिवार ०६:५४

काठमाडौँ, ५ असोज : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले...

आज कहाँ-कहाँ पर्दैछ पानी ?

आज कहाँ-कहाँ पर्दैछ पानी ?

वि.सं.२०८० असोज ६ शनिवार ०६:४९

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा  सरदर स्थानको दक्षिणतिर...

आज ६ असोज २०८० शनिवार, कस्तो छ आजको राशिफल ?

आज ६ असोज २०८० शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० असोज ६ शनिवार ०६:४०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...