
काठमाण्डौं । आज बजारमा सुन र चाँदी दुबैको भाउ आकाशिएको छ । आज सुनमा प्रतितोला ६ सय रुपैयाँले बृद्धि भएकोछ । हिजो प्रतितोला ५४ हजार ४ सयमा कारोबार भइरहेको सुन आज ६ सय रुपैयाँले बढेर ५५ हजार रुपैयाँ पुगेको हो ।
त्यस्तै, बजारमा लामो समय यता चाँदीको मुल्य एकै पटक तोलामा २५ रुपैयाँले बढेको छ । प्रतितोला ५ रुपैयाँदेखि १५ रुपैयाँको हाराहारीमा घटवढ भइरहेको चाँदी आज एकैपटक २५ रुपैयाँले बढेर प्रतितोला ७ सय ७५ रुपैयाँमा कारोवार भइरहेको छ ।
८ बैशाख २०७३, ११।००
वि.सं.२०७३ वैशाख ८ बुधवार १२:०८ मा प्रकाशित