
काठमाण्डौं । संसदको उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिले नेपाली सेनाको ‘हाई इनर्जी बिस्कुट’ खरिद प्रकरणमा छानबिन सुरु गरेको छ।
व्यवस्थापिका संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिले नेपाली सेनाले सार्वजनिक खरिद ऐन विपरित (हाइ इनर्जी) बिस्कुट खरिद गरेको भन्दै चासो व्यक्त गरेको थियो ।
बिना प्रतिस्पर्धा एउटै कम्पनीबाट बिस्कुट खरिद गरेको भन्दै समितिले चासो देखाएको हो । सेनाले पशुपति बिस्कुट प्रालिमार्फत उत्पादित बिस्कुट खरिद गर्दै आएको छ ।
रक्षा मन्त्रालयका निमित्त सचिव लगायतका सांसदले पशुपति बिस्कुटसँग सेनाले सोझै सम्झौता गर्दा ४२ करोड रुपैयाँ नाफा हुने दाबी गरेका छन् ।
८ बैशाख २०७३, ११.००
वि.सं.२०७३ वैशाख ८ बुधवार १२:२३ मा प्रकाशित