
काठमाण्डौं । स्ट्यान्डर्ड चार्टर्ड र एभरेष्ट बैंकमा लगानी तानिएपछि सेयर बजार करिव दोहोरो अंकले बढ्दै आजको कारोबार एक सय करोड नाघेको छ । बजार ९.८८ अंकले हरियो हुँदै १४४०.६९ अंकमा पुगेको छ । दिनभरीमा १३० कम्पनीका एक अर्ब सात करोड ९१ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
बैंकिङ र अन्य सुचकले बजारलाई माथि लगेका हुन् । बैंकिङ १६.२३ र अन्य सात अंकले बढेको छ । विकास बैंक, होटल र फाइनान्स समूह पनि उक्लिएको छ । तर बिमा एवं जलविद्युत भने ओरालो लागेको छ । आज बुधबार एभरेष्ट बैंकको साढे २० करोडसँगै सिटिजन्स बैंकको सात करोड ५९ लाख, चार्टर्डको ६ करोड ७२ लाख, नेपाल इन्भेष्टमेन्ट पाँच करोड ९९ लाख, एनबी बैंक पाँच करोड ७० लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
८ बैशाख २०७३, ३.००
वि.सं.२०७३ वैशाख ८ बुधवार १६:०९ मा प्रकाशित