
बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले सम्पर्क कार्यालयमार्फत भारत र नेपालका बिचमा आयात निर्यात ब्यापार तथा रेमिट्यान्स र वैदेशिक लगानी प्रबद्र्धनमा सहयोग पुग्ने बताए ।
बैंकले यसअघि अष्ट्रेलियामा सम्पर्क कार्यालय खोलेको थियो । नेपालबाट भारतमा स्वास्थोपचारका लागि हुने भूक्तानीमा हाल बिद्यमान रहेको असहज अवस्था समाधानका लागि पनि बैकले आवश्यक पहल सुरु गरिसकेको ढकालले जानकारी दिए ।
बैकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीले नेपालको अन्र्तराष्ट्रिय ब्यापारको प्रमुख ब्यापारिक साझेदार पनि भारत रहेको सन्दर्भमा यो कार्यालायको उपस्थितीबाट आयात निर्यात ब्यापार प्रबद्र्धनमा सहयोग पुग्ने बताए ।
उनले रोजगारीको सिलसिलामा भारतमा नेपालीहरुको उल्लेख्य उपस्थिती रहेबाट औपचारिक माध्यमबाट बिप्रशण आप्रवाह बढाउनमा सम्पर्क कार्यालयले सहजकर्ताको भुमिका निर्वाह गर्ने जानकारी दिए ।
वि.सं.२०७३ वैशाख ८ बुधवार २०:४९ मा प्रकाशित