back
NMB ad

नेपाल टेलिकमको कलैपिच्छे सेयर प्रस्ताव

Kumari bank ad

काठमाडौं। नेपाल टेलिकमको सिमबाट हुने प्रत्येक कलबापत निश्चित रकम छुट्याई त्यो रकम कल गर्ने व्यक्तिलाई सेयरस्वरुप उपलब्ध गराउने व्यवस्था गर्न प्रस्ताव गरिएको छ।

नेपाल टेलिकमको कम्पनी सुधारको मार्गचित्र सार्वजनिक गर्ने क्रममा विभागीय मन्त्री समेत रहेका सूचना तथा सञ्चारमन्त्री शेरधन राईले टेलिकम व्यवस्थापन समक्ष यस्तो प्रस्ताव राखेका हुन्।

टेलिकमको क्षेत्रमा प्रतिस्पर्धा बढ्दै गएको भन्दै सञ्चारमन्त्री राईले टेलिकमलाई एक नम्बरको कम्पनी बनाइराख्न जनतालाई त्यसको हिस्सेदार बनाउनु पर्ने प्रस्ताव राखेका हुन्। जनतालाई मालिक बनाई टेलिकमप्रति उनीहरुको निरन्तर झुकावका लागि उपभोक्तालाई सेयर दिनु वाञ्छनीय हुने उनको तर्क छ। आम जनतालाई टेलिकम आफ्नै कम्पनी हो भन्ने आभास दिलाउन पनि यो विकल्प उपयुक्त हुने विदेशमा समेत यो अभ्यास सुरु भइसकेको राईले बताए।

मन्त्रालयको यो प्रस्ताव टेलिकम सञ्चालक समितिले अनुमोदन गरे यसलाई आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत नै विधिवत् रुपमै घोषणा गर्ने तयारी आफूले गरेको बताए।

यो योजना अनुसार टेलिकमले प्रत्येक कलमा दुई तीन पैसा मात्र छुट्याउन सके त्यसको करिब तीन वर्षमा टेलिकमका सवै प्रयोकर्ता सेयर होल्डर पनि बन्ने र त्यो फन्डमा जम्मा हुने पैसा नेपालकै सवैभन्दा ठूलो जलविद्युत आयोजना निर्माण गर्न पर्याप्त हुने हिसाबसमेत उनले सार्वजनिक गरे। राजधानी दैनिकमा खबर छ।

प्रकाशितः २०७३ वैशाख ९

वि.सं.२०७३ वैशाख ९ बिहीवार १०:१४ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...