back

पैसा नै खर्च गर्न सक्दैन नेपाल सरकार !

काठमाण्डौं । एशियाली विकास बैंक (एडिबी) का अधिकारीहरुले नेपालले प्राप्त गरेको सहयोग खर्च गर्न नसकेको आरोप फेरि दोहोर्याएका छन् । ‘सन् २०१५ मा न्युनतम ३० करोड अमेरिकी डलर खर्च हुने एडिबी अनुमान विपरित जम्मा १३ करोड डलर मात्रै खर्च भएको एडिबीले जनाएकोछ ।

एडिबीले सहयोग गरेका आयोजनाहरुको पोर्टफोलियो रिभ्यु गर्न आयोजित त्रिपक्षीय बैठकमा एडिबीका उपमहानिर्देशक दिवेश शरणले भने, ‘ठूला आयोजना कार्यान्वयन निकै सुस्त देखियो, पैसा खर्च गर्ने क्षमता भएन, ठूला आयोजना कार्यान्वयनमा सरकारको सक्रिय भूमिका देखिनु पर्छ ।’ त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल सुधार आयोजना र उर्जाका आयोजना कार्यान्वयनमा उनले असन्तुष्टि जनाए ।

एडिबीले प्रतिवद्धता जनाएको रकममध्ये जम्मा नौ प्रतिशत मात्रै खर्च भएको छ । ’, एडिबीको नेपालका लागि राष्ट्रिय निर्देशक केनिची योकोयामाले भने ।

सरकारले खर्च गर्न सक्ने हो भने आगामी वर्षदेखि वार्षिक ५० करोड डलर (५० अर्ब रुपैयाँभन्दा बढी) रकम एडिबीले मात्रै उपलब्ध गराउने छ । यसले नेपालको आर्थिक बृद्धिदरलाई २ प्रतिसत बिन्दुले बढाउन सहयोग गर्ने योकोयामाले बताए ।

एडिबीले उपलब्ध गराउने सहयोगको औसतमा ४७ प्रतिसतभन्दा बढी पैसा खर्च हुन्छ । तर नेपाल अपवादमा छ ।

९ बैशाख २०७३, २.००

वि.सं.२०७३ वैशाख ९ बिहीवार १४:१९ मा प्रकाशित

You can share this post!

आन्दोलनरत शिक्षकको मागको विषयमा गृह मन्त्रालयमा वार्ता जारी   

आन्दोलनरत शिक्षकको मागको विषयमा गृह मन्त्रालयमा वार्ता जारी   

वि.सं.२०८० असोज ४ बिहीवार २१:०९

काठमाडौँ, ४ असोज : आन्दोलनरत शिक्षकको मागको विषयमा अहिले गृह...

एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक

एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक

वि.सं.२०८० असोज ४ बिहीवार २१:०५

काठमाडौं । एनएमबि बैंक लिमिटेड र बुद्घ एयरले एनएमबि बुद्ध...

शुक्रबार १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै   

शुक्रबार १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै   

वि.सं.२०८० असोज ४ बिहीवार २१:०१

काठमाडौँ, ४ असोज : नेपाल राष्ट्र बैंकले भोलि शुक्रबार रु...

ग्लोबल आइएमई बैंकको ६५औँ एक्सटेन्सन काउन्टर सिराहाको कल्याणपुरमा

ग्लोबल आइएमई बैंकको ६५औँ एक्सटेन्सन काउन्टर सिराहाको कल्याणपुरमा

वि.सं.२०८० असोज ४ बिहीवार २०:५५

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले सिराहा जिल्लाको कल्याणपुर नगरपालिका...

तीन करोड बढी ठगी गरेको आरोपमा ‘विस एचआर सोलुसन’को लाइसेन्स खारेज   

तीन करोड बढी ठगी गरेको आरोपमा ‘विस एचआर सोलुसन’को लाइसेन्स खारेज   

वि.सं.२०८० असोज ४ बिहीवार २०:५०

काठमाडौँ, ४ असोज : वैदेशिक रोजगार विभागले काठमाडौँको सिनामङ्गलमा रहेको...

शिक्षकहरूको आन्दोलनमा दुवै पक्ष गम्भीर हुनुपर्छ : अध्यक्ष ओली   

शिक्षकहरूको आन्दोलनमा दुवै पक्ष गम्भीर हुनुपर्छ : अध्यक्ष ओली   

वि.सं.२०८० असोज ४ बिहीवार २०:४४

दमक (झापा) ४ असोज : नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री...