काठमाडौं। डिसहोमले नयाँ बर्षको अवसरमा नयाँ योजना सार्वजनिक गरेको छ। ग्राहकहरुलाई लक्षित गरी बजारमा ‘बजाइराखौं ताली ३००० छुट फेरी यसपाली’ नामको नयाँ ग्राहक योजना ल्याएको छ ।
यो योजना अन्तर्गत ग्राहकहरुले ५९९९ रुपैयाँ पर्ने हाईब्रिड सेटअप बक्ससहितको डिस होम एचडी कनेक्सन २९९९ रुपैयामा जडान गर्न सक्नेछन्। कम्पनीले यो योजना २०७३ बैशाख २ गते देखि लागू गरिएको र सिमित अवधिको लागि संचालनमा रहने जनाकारी दिएको छ।
ग्राहकहरुले सहुलियत मूल्यमा डिसहोमको डिजिटल सेवा जडान गर्न सकुन् भन्ने उद्देश्यका कारण यो ग्राहक योजना ल्याएका कम्पनीका नायव महाप्रवन्धक कल्याण अधिकारीले बताए।
नेपालमा टिभी च्यानल प्रयोगकर्ताहरुमा डिसहोमको अग्रस्थानमा रहेको छ। एचडी क्वालिटीका कारण यो सेवाप्रति ग्राहकहरु धेरै अकर्षित रहेको कम्पनीले जनाएको छ।
प्रकाशितः २०७३ वैशाख १०
वि.सं.२०७३ वैशाख १० शुक्रवार १०:२३ मा प्रकाशित