
काठमाडौं । चीनको एक केमिकल फ्याक्ट्रीमा शुक्रबार बिहान भएको शक्तिशाली विस्फोटमा परि कम्तिमा १६५ जनाको ज्यान गएको छ ।
चीनको पूर्वी सहर जिङजियाङमा लाखौं इन्धन भण्डारण गरिएको फ्याक्ट्रीमा भएको भीषण विस्फोटमा यतिका संख्यमा मानिसको ज्यान गएको हो ।
यो विस्फोट गत वर्ष अगस्टमा उत्तरी सहर तियान्जिनमा भएको डरलाग्दो रसायन विस्फोटपछिको दोस्रो शक्तिशाली विस्फोट हो ।
समाचार अनुसार रसायन भण्डार गर्न अधिकार प्राप्त कम्पनी जियाङ्सु डेक्वीओ परिसरमा भएको हो ।
स्थानीय जिनजियाङ सरकारले रसायन विस्फोटपछि मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने बताउँदै आगोलाई नियन्त्रणमा लिने प्रयास भइरहेको जनाएको छ ।
तर यो विस्फोटको कारण भने अहिलेसम्म खुलिसकेको छैन । चीनमा गत अगष्टमा पनि तियान्जिनमा यस्तै डरलाग्दो रसायन विस्फोट हुँदा सयौं मानिस मारिएका थिए ।
प्रकाशितः २०७३ वैशाख १०
वि.सं.२०७३ वैशाख १० शुक्रवार १२:५५ मा प्रकाशित