back

नबिल बैंकमा सेयर कर्जा र खाताको शुभारम्भ

काठमाण्डौं । नबिल बैंकले सेयर कर्जा र खाताको शुभारम्भ गरेको छ । यो सेवा अन्तर्गत लगानीकर्ताले अभौतिक (डिम्याट) शेयर धितो राखी झन्झट मुक्त र चाँडो कर्जा सुविधा प्राप्त गर्न सक्ने छन् ।

नबिल बैंकको नबिल इन्भेष्टमेन्टमा डिम्याट खाता खोल्न इच्छुक लगानीकर्ताहरुले बैंकको जुनसुकै शाखा मार्फत अब डिम्याट खाता खोल्न आवेदन दिन सक्ने छन् ।

सेयर खाता नेपाल स्टक एक्सचेन्जमा सूचीकृत विभिन्न कम्पनीहरुको सेयरमा लगानी गर्न इच्छुक व्यक्तिहरुका लागि ल्याइएको सेवा हो । सेयर तथा सुरक्षणपत्रहरुमा लगानी गरेकाले समयमै नगद लाभांश र आईपीओ तथा एफपीओ लगानीकर्ताको रिफण्डलाई यस खातामा संकलन गर्न सक्ने छन् ।

हालको मोबाइल बैंकिङ सर्भिसलाई सुधार गर्दै ‘नबिल स्मार्ट बैंक’ नामको मोबाइल एप्लिकेशन ल्याएको छ । जसमा नबिल बैंकद्वारा प्रदान गरिने विभिन्न सेवाहरु एउटै एप्लिकेसनमा समावेश गरिएको छ ।

नबिल स्मार्ट बैंकले प्रयोगकर्ताहरुलाई एसएमएस र इन्टरनेटको माध्यमधारा ई–सेवासञ्जालमा रहेका अन्य ३४ बैंक तथा वित्तीय संस्थाहरुमा रहेका खाताहरुमा वास्तविक समयको आधारमा रकम टान्सफर गर्ने सेवा प्रदान गर्दछ ।

यसका साथै यस एप्लिकेसनले थप सेवाहरु जस्तै गुगल म्यापसँगको इन्टिग्रेशन, कार्ड मच््र्यान्ट, बैंक ए.टि.एम शाखाहरु सम्बन्धि जानकारी प्रदान गर्ने जस्ता थप सेवाहरु सहित हाल संचालनमा रहेका सेवाहरु जस्तै युटिलिटि पेमेन्ट, नोटिफिकेशन र एलर्टस् सेवाहरुलाई समेत निरन्तरता दिएको छ ।

प्रकाशितः २०७३ वैशाख १०

वि.सं.२०७३ वैशाख १० शुक्रवार १३:३६ मा प्रकाशित

You can share this post!

शाओमीको नेपालमा सफलतापूर्वक ५ वर्ष पुरा

शाओमीको नेपालमा सफलतापूर्वक ५ वर्ष पुरा

वि.सं.२०८० असोज ६ शनिवार १७:४५

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा आफ्नो गौरवपूर्ण ५...

द ब्रिटिस कलेजका ४०७ जना विद्यार्थी दीक्षित

द ब्रिटिस कलेजका ४०७ जना विद्यार्थी दीक्षित

वि.सं.२०८० असोज ६ शनिवार १७:३९

काठमाडौँ। ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको द ब्रिटिस कलेज (टीबीसी)का ४०७...

तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न

तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न

वि.सं.२०८० असोज ६ शनिवार १७:३४

काठमाडौं । धर्मस्थली ब्याडमिन्टल एसोसिएसनले आयोजना गरेको तारकेश्वर मेयर कप...

रासस गण्डकी प्रमुख पौडेललाई एग्रो टुरिजम अग्रज पत्रकार सम्मान   

रासस गण्डकी प्रमुख पौडेललाई एग्रो टुरिजम अग्रज पत्रकार सम्मान   

वि.सं.२०८० असोज ६ शनिवार १७:३०

गण्डकी, ६ असोज : राष्ट्रिय समाचार समितिका गण्डकी प्रदेश कार्यालय...

सरकारी कार्यदलले औँल्यायो ऊर्जा क्षेत्रका समस्या   

सरकारी कार्यदलले औँल्यायो ऊर्जा क्षेत्रका समस्या   

वि.सं.२०८० असोज ६ शनिवार १७:२३

रमेश लम्साल काठमाडौँ, ६ असोज : सरकारले मुलुकको ऊर्जा क्षेत्रको...

नेपाल पर्यटन बोर्डको हालसम्मकै ठुलो बजेट पारित

नेपाल पर्यटन बोर्डको हालसम्मकै ठुलो बजेट पारित

वि.सं.२०८० असोज ६ शनिवार १७:१६

काठमाडौं । नेपाल पर्यटन बोर्डको आ.व. २०८०/८१ को बजेट शनिबार...