काठमाण्डौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्रकार कनकमणि दीक्षितलाई शुक्रबार दिउँसो सवा २ बजे पाटनढोकाबाट पक्राउ गरेको छ ।
साझा यातायात प्रालिका अध्यक्षसमेत रहेका हिमाल खबर पत्रिकाका प्रकाशक दीक्षितलाई अख्तियारको टोलीले पाटन ढोकास्थित उनको कार्यालयबाटै पक्राउ गरेको हो ।
गैरकानुनी सम्पति आर्जन गरेको र भ्रष्टाचार कसुर अभियोगको अनुसन्धान गर्नुपर्ने देखिएको भन्दै उनलाई अकस्मात प्रहरीले नियन्त्रणमा लिएको हो । उनलाई अहिले अख्तियारको हिरासतमा लगिएको छ ।
प्रकाशितः २०७३ वैशाख १०
वि.सं.२०७३ वैशाख १० शुक्रवार १५:११ मा प्रकाशित