back

जहाँ नेपाली फोन सेवा नै छैन …..

इलाम । इलामका अधिकांश गाउँमा सञ्चार सुविधा पुगे पनि पूर्वी इलामको जिर्मलेका केही वडाका बासिन्दा वर्षौदेखि सञ्चार सुविधाबाट वञ्चित छन्।

नेपाली भूमि भएर पनि सलकपुरमा नेपाली मोबाइल सेवा उपलब्ध नहुँदा सर्वसाधारण भारतीय मोबाइल प्रयोग गर्न बाध्य छन्। जिर्मलेको १, २ र ३ नम्बर वडाका बासिन्दा एक्काइसौँ शताब्दीमा पनि सञ्चारविहीन बन्नुपरेको छ। तीन वडा सञ्चारकै पहुँच बाहिर छन्, स्थानीय शमशेर राईले भने, अरुतिर सामान्य भइसकेको मोबाइल सेवा यहाँ भने विस्तार हुनै सकेको छैन।

तीन सय ५० भन्दा बढी घरपरिवार रहेको सलकपुरका १, २ र ३ का बासिन्दाले वर्षौंदेखि मोबाइल सेवा नपाएपछि भारतीय मोबाइलकै भर पर्नुपरेको छ। स्थानीयवासी यामप्रसाद अधिकारीले भने,भारतीय मोबाइल भएपनि जिल्लाकै अन्य ठाउँमा फोन गर्नुपर्यो भने निकै दुःख झेल्नुपर्छ। नेपाली कम्पनीको मोबाइलमा भारतीय कम्पनीको मोबाइलबाट फोन गर्दा सम्पर्क नहुने समस्या भएकाले सानो कामको लागि पनि धाउनुपर्ने बाध्यता छ।

कसैसँग मोबाइलबाट सम्पर्क गर्नुपरेमा मोबाइल बोकेर एकघन्टा दूरीमा रहेको डाँडासम्म निस्कनुपर्ने वाध्यता रहेको स्थानीयवासीको गुनासो छ। उनीहरु महङ्गो भएपनि भारतीय सिमकार्ड चलाउन बाध्य छन्। गाउँमा भारतीय मोबाइलको रिचार्ज कार्ड व्यापारीले महङ्गोमा बिक्री गर्ने गरेका छन्। यहाँ भारु १० को कार्ड खरिद गर्दा ३० रुपैयाँसम्म तिर्नुपर्छ, स्थानीयवासी कुमार मोक्तानले भने। झापाको काँकडभिट्टामा रिचार्ज कार्ड पाइने र मोबाइलमा ब्यालेन्स सकिँदैपिच्छे किन्न जाने झन्झटले पनि स्थानीय जनता महङ्गोमा कार्ड किन्न बाध्य भएका हुन्।

सलकपुरमा सीमापारिको रिलायन्स, एयरटेल, एर्सियल, भोडाफोनजस्ता मोबाइल कम्पनीको नेटवर्क आउँछ। तर, नेपालको नमस्ते, युटिएल, स्काइ, एनसेललगायत कुनै पनि मोबाइलको नेटवर्क आउँदैन। मोबाइल सेवा नभएपछि गाउँमा उत्पादित कृषिउपज बिक्री गर्न समेत बाधा उत्पन्न हुने गरेको यहाँका किसानको दुखेसो छ।

नेपाल टेलिकम इलाम शाखाका प्रमुख ज्ञाननाथ सापकोटाले चालु आर्थिक वर्षमा जिल्लाका पाँच ठाउँमा बिटिएस टावर राख्ने र यसमा सलकपुरलाई पहिलो प्राथमिकता दिने बताए।

प्रकाशितः २०७३ वैशाख ११

वि.सं.२०७३ वैशाख ११ शनिवार १०:५४ मा प्रकाशित

You can share this post!

लेखा सुपरीवेक्षण समितिको राष्ट्रिय गोष्ठी असोज २५ र २६ माः रजिस्ट्रेसन खुल्ला

लेखा सुपरीवेक्षण समितिको राष्ट्रिय गोष्ठी असोज २५ र २६ माः रजिस्ट्रेसन खुल्ला

वि.सं.२०८० असोज ८ सोमवार १७:४२

ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड (एन.सि.बि.एल) को आयोजनामा असोज...

कानूनको पर्खाइमा ‘राइड सेयरिङ’ व्यवसाय   

कानूनको पर्खाइमा ‘राइड सेयरिङ’ व्यवसाय   

वि.सं.२०८० असोज ८ सोमवार १७:३०

कमलकुमार बस्नेत काठमाडौँ, ८ असोज : सन् २००९ मा अमेरिकामा...

साउन महिनामा वाणिज्य बैंकहरुको नाफा ८ अर्ब ५२ करोड, ग्लोबल आइएमई सबैभन्दा अगाडि अन्य कुनले कति कमाए ?

साउन महिनामा वाणिज्य बैंकहरुको नाफा ८ अर्ब ५२ करोड, ग्लोबल आइएमई सबैभन्दा अगाडि अन्य कुनले कति कमाए ?

वि.सं.२०८० असोज ८ सोमवार १७:२१

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको पहिलो महिनाको वित्तीय...

ईसीबीले ब्याजदर वृद्धिमा ‘धेरै’ जोड गर्नु नहुने फ्रान्सेली अधिकारीको भनाइ   

ईसीबीले ब्याजदर वृद्धिमा ‘धेरै’ जोड गर्नु नहुने फ्रान्सेली अधिकारीको भनाइ   

वि.सं.२०८० असोज ८ सोमवार १६:५६

पेरिस, ८ असोज : युरोपेली केन्द्रीय बैङ्कले मुद्रास्फीति नियन्त्रण गर्न...

माटोको ढिस्कोले पुर्दा १७ वर्षीय किशोरको मृत्यु   

माटोको ढिस्कोले पुर्दा १७ वर्षीय किशोरको मृत्यु   

वि.सं.२०८० असोज ८ सोमवार १६:४४

रेसुङ्गा, ८ असोजः गुल्मीमा माटोको ढिस्कोले पुर्दा एक १७ वर्षीय...

तस्करीका घटनामा दोषीलाई कारबाही गराउने गरी आयोग गठन हुनुपर्छ : अध्यक्ष ओली   

तस्करीका घटनामा दोषीलाई कारबाही गराउने गरी आयोग गठन हुनुपर्छ : अध्यक्ष ओली   

वि.सं.२०८० असोज ८ सोमवार १६:३७

काठमाडौँ, ८ असोज : नेकपा (एमाले) का अध्यक्ष एवं पूर्प्रधानमन्त्री...