back
mega bank Ad
Hero Ad

उनले झोक्किएर भनिन्, ‘तपाईं जान सक्नु हुन्न’

हिडेर पो गन्तव्य मा पुग्न सकिन्छ कहिले यक्लै कहिले साथीहरूसंग कहिले रमाउँदै कहिले फेरि कहली लाग्दो भोगाइ खै के भनौ जिन्दगीलाई ! साँझमा ओझेल पर्ने सूर्यका किरणहरु पल पलमा जुनको प्रतीक्षामा बितेका रात हरु एकातिर सोच्यो अर्कोतिर जिन्दगी बेथिति भएर बगिदिन्छ ।

कला पन्थ
कला पन्थ

कहिले काँही मान्छेलाई आफ्नो पुरानो अतितले खोइ किन हो अति दुःख दिन्छ भुल्न खोजेर भुल्न सकिंदैन, यादहरु छाँया जस्तै जहाँ जहाँ गयो यादहरु संगै जाने । जुन कुनामा गए पनि मान्छेको ढुकढुकि उस्तै । मान्छे कहाँबाट बिस्थपित भएर कहाँ पुग्छ पत्तो हुँदैन ।

जे भोगिन्छ त्यो जिन्दगी, म एक्लो र निरस लाग्दो जिन्दगी लिएर युरोपमा संघर्स गरिराखेको मनभरी परिबारको माया बोकेर कहिले त्यो मायाले बिचलित हुने म, कहिले त्यै मायले उर्जा दिने मलाई ! मेरो चाहना हुँदा हुँदा पनि कहिले के नमिल्ने कहिले के नमिल्ने भएर परिवार भेट्न नगएको पनि थुप्रै समय भैसकेको थियो । यो पटक चाहिँ नेपाल जाने मेसो मिल्यो ।

२०७१ चैतको अन्तिममा म नेपालको लागि हिड्ने निधो गरेँ । मन खुसिले गद गद छ । बाध्यताले बिदेसिने हो कस्को मन रमाउँछ र बिदेशी भुमिमा ! टिकट कन्फर्म गरेर म दुई महिनाको लागि नेपाल लागेँ । लामो समय झण्डै दुई बर्ष पछाडी मेरो परिवारसङको भेट् खुसी नहुने त कुरै थियन । म नेपाल गएको दुई हप्ता के बितेको थियो अनि भुकम्प सुरु भैहाल्यो । मलाई लाग्थ्यो त्यो भुकम्प अनुभव गर्दा मलाई मर्न चाहिँ नेपालमा र परिबारसङ लेखेको रहेछ जस्तो अनुभव हुन्थ्यो । जति भुकम्प आउँथ्यो मलाई त्यो अनुभव भैहाल्थो । दुई महिनाको बसाईमा परिबारसङ त रहे तर धेरै बियोग देख्नु पर्यो र तनाव भोग्नु पर्यो ।

यस्तै यस्तै पिडा पिडामा मेरो बिदा सकियो । अब मैले फेरि परिवारलाइ छोडेर युरोप फर्कने जसरी मानसिकता बनाउनु पर्थ्यो त्यो सजिलो थियन । सानो छोरा ! घरी म आफुलाई अभागी ठाँन्थे । फेरि मन संहाल्थेँ, होइन आफुले केही समय गाह्रो सहेर पनि परिवारको भबिस्य बन्छ भने किन नगर्ने ! येस्तै बहकिने मन कहिले संहाल्न निकै गारो हुने । छोरा खेल्दा खेल्दै आएर मामु नछाड्नु है मलाई भन्थ्यो । आकशमा उडेको हबाइजहाज हेरेर हबाइजहाज लिन नआउ हाम्रो मामु जानुहुन्न भन्थ्यो । येस्तो देख्दा छोडेर कसरी जाने भनेर चिन्तित थिएँ ।

विमानस्थलको पिडा

कुरा २०७२ जेठ २९ गतेको त्रिभुवन बिमानस्थलमा मैले भोगेको कठिनाई हो । एक बर्ष बिते पनि मैले त्यो घटना भुल्न सकेको छैन । किन हो मान्छेलाई आफ्नो अतित् ले यति दुःखी बनाउँछ । चाहेर पनि भुल्न सक्दैन । म मेरो परिबारसंग त्रिभुवन बिमानस्थलबाट जेठ २९ गते दिउँसो ३ बजे उहाँहरुबाट बिछोडिन पर्ने, मसंग मेरो श्रीमान अनि भार्इ हुनुहुन्थ्यो । छोरालार्इ ल्याउन मन लागेन गाह्रो होला भन्ने लाग्यो । मेरो उडान ६ बजेको थियो गन्तव्य स्थान इटाली थियो । मन एक्दम तहस नहस, एकैछिनमा बिछोडिएर धेरै पर जानू थियो, यो मनलाई बाँधिरहेको थिएँ ।

समय छउन्जेल हामी बाहिर बसिरह्यौं । भित्र प्रवेश गर्ने समय भयो । हाम्रो मिलनलार्इ मैले बिछोडमा रुपान्तरण नगरी सुखै थिएन । हामी एक अर्कोमा नचाहेर छुट्टीएर आफ्नो गन्तव्यमा हिँड्नै पपर्थ्यो । म हिँडें ।

मन भरी आँधिबेहरी, रोएको मन अब एक हातमा कागज पत्र अर्को हातमा सुटकेश गुडाउँदै अगाडि बढीरहेँ । अब मेरो कागज पत्र देखाउने ठाँउ आयो मैले हात जोडी नमस्कार म्याडम भनेँ त्यहाँ एक जना महिला थिइन् । उनले मेरो नमस्कार फर्काइनन् । कस्तो खल्लो अनुभव भयो । मेरो कागज पत्र हेरिन अनि श्रम तिर्नु भो भनिन् ! अनि मैले विनम्र भएर म युरोप जान लाग्दैछु म्याडम यो मेरो तेस्रो पटक हो युरोपलाई श्रम तिर्न पर्दैन जस्तो लाग्छ भनेँ । उनी एक्दम रिसाएर तपाईं श्रम तिरेर आउनुस भनिन् ।

अब मलाई कति तनाब । कहाँ जाउँ उता प्लेन छुट्छ भन्ने तनाव । परिवारसंग बिदा भएर हिँडेको म । मलाई थाह छ म चिप्लो ठाँउ मा उभिएको छैन । म गलत छैन म लड्ने छैन । फेरि अनुरोध गरेँ मैले उनले झोक्किएर भनिन्, तपाईं जान सक्नु हुन्न, मेरो सामान गैसक्यो मैले अनुरोध गरेँ त्यो तपाईंको समस्या हो भनिन् । म के गरौँ जस्तो भो ।

अनि मैले धेरै बिचार गरेँ फाटेको दुधबाट पनि मान्छेले धेरै परिकार बनाउँछन् । एक पटक अर्को प्रबेस द्वारबाट प्रयास गर्छु भनेर प्रयास गरेँ पालो कुरेँ, पालो आयो । सर नमस्कार भनेर मेरो कागज पत्र सबै देखाएँ । सुरु सुरु मलाई जान दिए । अनि मन मनै सोचें उनको त्यो श्रम तिर्नु भन्ने बोलीमा केहि लुकेको पो थियो कि ! म हतासमा थिए, समय नहुँदा यता सोच्ने ध्यान गएन । म इटाली आए पछि पनि सबैलार्इ सोधपुछ गरेँ कसैले श्रम तिरेको भनेनन् । तर त्यति बेला मैले पाएको दु:खलार्इ म कहिले भुल्न सक्दिन । हाम्रो देशको एक मात्र अन्तराष्ट्रिय विमानस्थलको हालत यस्तो छ । सामान्य जानकारी समेत नलिने र साना साना कुरामा अल्झाएर अवैध आम्दानीको स्रोत बनाउने । यस्ता कुरामा राज्यको निगरानी पुगे धेरैले समस्या झेल्नु पर्ने थिएन कि !

कला पन्थ/युरोप

११ बैशाख २०७३ / २:४३:१७

वि.सं.२०७३ वैशाख ११ शनिवार १४:४९ मा प्रकाशित

You can share this post!

मुलुक समृद्धिको मूलबाटो जलविद्युतको विकास

मुलुक समृद्धिको मूलबाटो जलविद्युतको विकास

वि.सं.२०७९ कात्तिक २ बुधवार १२:५०

आजभन्दा ५४ वर्षअघि जलस्रोतविद् डा. हरि मान श्रेष्ठले विद्यावारिधि गर्ने...

७५ वर्षमा सात संविधान, संविधान निर्माणका तीनवटै प्रक्रियामा के थियो अभ्यास ?

७५ वर्षमा सात संविधान, संविधान निर्माणका तीनवटै प्रक्रियामा के थियो अभ्यास ?

वि.सं.२०७९ असोज ३ सोमवार १३:१८

काठमाडौं । नेपालले संविधान निर्माणमा विश्वमा प्रयोग भएका तीनवटै अभ्यास...

होमस्टे विकासको दश औजार : पर्यटन विद् डा. आलोक प्रसाईको लेख

होमस्टे विकासको दश औजार : पर्यटन विद् डा. आलोक प्रसाईको लेख

वि.सं.२०७९ भदौ ३१ शुक्रवार १९:३१

डा. आलोक प्रसाई पृष्ठभुमी विश्वमा भइरहेको आर्थिक असमानतालाई न्यूनीकरण गर्नुपर्दछ...

पूर्वमन्त्री पोखरेल भन्छन्- साहुकारले पीडितका परिवारबाट नाजायज फाइदासमेत उठाइरहेका छन्

पूर्वमन्त्री पोखरेल भन्छन्- साहुकारले पीडितका परिवारबाट नाजायज फाइदासमेत उठाइरहेका छन्

वि.सं.२०७९ भदौ २६ आइतवार ०९:२७

काठमाडौ, २६ भदौ, पूर्वमन्त्री गिरिराजमणि पोखरेलले मिटरब्याजीहरुले प्रतिकूल परिस्थिति बनाएर पीडितका...

पाकिस्तानको जस्तो जलवायु नरसंहार कहिल्यै देखेको थिइन-महासचिव गुटेर्रेस

पाकिस्तानको जस्तो जलवायु नरसंहार कहिल्यै देखेको थिइन-महासचिव गुटेर्रेस

वि.सं.२०७९ भदौ २६ आइतवार ०९:०३

काठमाडौ, २६ भदौसंयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेसले बाढीग्रस्त पाकिस्तानको...

मेश थापा र आशा लामाको दशैँ गीत ‘आउन पाईन सम्झेर नरुनु’ सार्वजनिक

मेश थापा र आशा लामाको दशैँ गीत ‘आउन पाईन सम्झेर नरुनु’ सार्वजनिक

वि.सं.२०७९ भदौ २४ शुक्रवार १६:११

काठमाडौं, २४ भदौ । गायक रमेश थापा र गायिका आशा...