back
NMB Ad

भूकम्पपछिको अवस्थालाई सुधार्न होटेलमा ८० अर्ब लगानी गरिँदै

Royal Enfield Inside Page Banner

पोखरा । नेपालमा २०७२ साल वैशाख १२ गते आएको भूकम्पका कारण एक वर्ष नै तहसनहस बनेको पोखराको पर्यटनलाई उकास्ने सोचका साथ क्रियाशील पर्यटन व्यवसायीले भूकम्पको पीडालाई बिर्साउने गरी पर्यटन प्रवद्र्धन गरिनुपर्नेमा जोड दिएका छन् ।

अघिल्लो वर्षको सुरुमा नै आएको भूकम्प र त्यसपछिको नाकाबन्दीका कारण जर्जरपूर्ण अवस्थामा पुगेको पर्यटनलाई पूर्ववत् अवस्थामा फर्काउँदै विकास गर्ने विषयको चासो र चर्चा यतिखेर पोखरामा तीव्र रुपमा देखिएको छ ।

एक वर्ष समयावधिमा अत्यन्त कम सङ्ख्यामा बाह्य पर्यटक आएको पोखरामा आन्तरिक पर्यटकले केही मात्रामा राहत दिलाए पनि समग्रमा ठूलो मार बेहोर्नुपरेको पर्यटन व्यवसायी बताउँछन् ।

पर्यटन व्यवसायी एवम् पश्चिमाञ्चल होटेल सङ्घ (हान) पोखराका अध्यक्ष भरतराज पराजुली भूकम्प आफैँमा एउटा प्राकृतिक प्रकोप भएका कारण यसले गत वर्ष दिएका पीडालाई भुल्दै पोखरेली पर्यटन व्यवसायी यहाँको पर्यटन प्रवद्र्धनका लागि सक्रिय बनेको बताए ।

“पर्यटनको प्रवद्र्धनका लागि राज्यबाट व्यवसायीले शान्तिसुरक्षा र राजनीतिक स्थिरताको अपेक्षा गरेका छन्,” उनले भने,“ शान्तिसुरक्षा र राजनीतिक स्थिरता भएमा पोखराका पर्यटन व्यवसायी जस्तोसुकै अवस्थामा पनि प्रभावकारी सेवा प्रवाह गर्न तयार रहेका छन् ।”

पोखरामा हाल लगभग ५०० को हाराहारीमा सुविधासम्पन्न होटलले सेवा प्रवाह गरेका छन् । पराजुलीका अनुसार पोखरामा दुई पाँचतारे, १५ वटा तीनतारे र अन्य सुविधासम्पन्न होटलले भूकम्प पूर्वको अवस्थामा वार्षिक आन्तरिक तथा बाह्य पर्यटक गरी करिब छ लाखदेखि सात लाखसम्म पर्यटकलाई सेवा दिइरहेका छन् ।

पर्यटकलाई लक्षित गरी व्यवसायीले पोखरामा लगभग ८० अर्बभन्दा बढी लगानी गरिसकेको बताउँदै उनले लगानीको क्रम तीव्र रुपमा अघि बढिरहेको बताए । पराजुली जस्तै पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापा पनि नयाँ वर्षलाई भूकम्पलाई बिर्साउने वर्षका रुपमा यहाँको पर्यटन प्रवद्र्धन गर्नुपर्ने धारणा राख्छन् ।

भूकम्प र नाकाबन्दीका कारण अत्यन्त पीडादायी वर्षका रुपमा २०७२ साललाई पोखरेली पर्यटन व्यवसायीले लिएको बताउँदै उनले ती सबै पीडालाई शक्तिमा रुपान्तरण गरी यहाँको पर्यटकीय विकासमा सक्रिय बन्नुपर्ने वर्तमानको आवश्यकता भएको उल्लेख गरे ।

“नयाँ वर्षको आगमनसँगै पोखराको पर्यटनमा उत्साह थपिन थालेको छ,” उनले भने,“ यस वर्षको सुरुवातमा नै युरोपियन राष्ट्रका साथै भारत लगायतका स्थानबाट पर्यटक आउने क्रम सुरु भइसकेको छ ।”

भूकम्प र नाकाबन्दीका कारण गत वर्ष आन्तरिक र बाह्य पर्यटक गरी लगभग २५ प्रतिशत मात्र पर्यटक पोखरा आएको बताउँदै उनले यस वर्ष पर्यटकको ठूलो चाप पोखरामा बढ्ने अपेक्षा गरिएको बताए ।

पर्यटन सबै पक्षसँग सम्बद्ध हुने धारणा राख्दै नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मी भूकम्प र नाकाबन्दीका कारण शिथिल बनेको पोखराको पर्यटनलाई उकास्नका लागि पर्यटन प्रवद्र्धन अपरिहार्य भएको बताए ।

पर्यटन प्रवद्र्धन स्थानीय तहबाटै हुनुपर्ने बताउँदै उहाँले यसका लागि छुट्टै निकाय गठन गर्न यहाँका सरोकारवालाको जागरुकता आवश्यक रहेको उल्लेख गरे । “भूकम्प प्राकृतिक प्रकोप भएका कारण यसले शिथिल बनायो भनेर अब बस्नु हुँदैन,” उनले भने, “नयाँ सोच र उत्साहका साथै सबै मिलेर पर्यटन प्रवद्र्धनका लागि जुट्नुपर्छ ।”

प्रकृति प्रदत्त स्रोतसाधनको संरक्षण र विकास गर्दै पोखराको पर्यटकीय चिनारी विश्वव्यापी रुपमा अघि बढाउनुपर्ने पोखरा उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष मीनराज काफ्लेको धारणा छ । विगतको भूकम्प र नाकाबन्दीको पीडालाई भुल्दै पोखरालाई महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा पहिचान गराउन प्रवद्र्धन अपरिहार्य भएको उनले बताए ।

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुन लाग्नुले पनि यहाँको पर्यटकीय विकासमा थप सम्भावना अघि बढाएको बताउँदै काफ्लेले विमानस्थल बन्नुअगाडि यहाँको भौतिक पूर्वाधारको विकासलाई पनि तीव्रताका साथ अगाडि बढाउनुपर्ने बताए ।

बैशाख १२, २०७३, ८।००

वि.सं.२०७३ वैशाख १२ आइतवार ११:३० मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
पूर्वीनाकाबाट साढे १४ अर्बको कृषिजन्य वस्तु निर्यात   

पूर्वीनाकाबाट साढे १४ अर्बको कृषिजन्य वस्तु निर्यात   

वि.सं.२०८१ माघ २८ सोमवार १७:५३

भद्रपुर (झापा), २८ माघः काँकरभिट्टाबाट चालु आर्थिक वर्षको छ महिनामा...

एस.के. इनर्जी डेभलपमेन्टले आईपीओ निष्काशन गर्ने

एस.के. इनर्जी डेभलपमेन्टले आईपीओ निष्काशन गर्ने

वि.सं.२०८१ माघ २८ सोमवार १७:४७

काठमाडौं । एस.के. इनर्जी डेभलपमेन्ट लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

प्रतिनिधिसभाद्वारा सुरक्षित कारोबार पहिलो संशोधन विधेयक, २०८१ सर्वसम्मत पारित   

प्रतिनिधिसभाद्वारा सुरक्षित कारोबार पहिलो संशोधन विधेयक, २०८१ सर्वसम्मत पारित   

वि.सं.२०८१ माघ २८ सोमवार १७:३३

काठमाडौँ : प्रतिनिधिसभाबाट सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ सर्वसम्मत...

माघ सकिनै लाग्दा न हिउँ न वर्षा   

माघ सकिनै लाग्दा न हिउँ न वर्षा   

वि.सं.२०८१ माघ २८ सोमवार १७:३०

राम थापा गण्डकी, २८ माघ : यसपालिको हिउँदयाममा हिमाली जिल्लामा...

अर्बिट इनर्जीले ५० लाख कित्ता आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

अर्बिट इनर्जीले ५० लाख कित्ता आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

वि.सं.२०८१ माघ २८ सोमवार १७:२३

काठमाडौ । अर्बिट इनर्जी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ...

रोयल इनफिल्ड महा राइड : जनकपुरदेखि सिन्धुलीसम्मको रोमाञ्चक यात्रा, यस्ता छन् उदेश्य

रोयल इनफिल्ड महा राइड : जनकपुरदेखि सिन्धुलीसम्मको रोमाञ्चक यात्रा, यस्ता छन् उदेश्य

वि.सं.२०८१ माघ २८ सोमवार १७:०९

जनकपुर : रोयल इनफिल्ड प्रेमीहरूको लागि एउटा विशेष उत्सवको रूपमा,...