
काठमाण्डौं । आइतबार नेप्से दोहोरोे अंकले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ । कारोबारमा आएका अधिकांश समुहमा हरियो भएको बजारमा वाणिज्य बैंक समुह उर्लिएपछि बजार दोहोरो अंकले बढेको हो ।
लगानीकर्ताको आर्कषण बढ्दा वाणिज्य बैंकहरुको कारोबार बढेपनि कमाउने कम्पनीको अग्रपक्तिमा भने विकास बैंकहरु देखा परेका छन् । आइतबार बजारमा वाणिज्य बैंक समुह १७ अंकले उकालो लागेपछि नेप्से समेत १२ अंक बढीले उकालो लागेको छ ।
आइतबार नेप्से १२.६८ अंकले बढेर हालसम्मकै सर्वा्धिक उच्च १४५४.३५ विन्दुमा पुगेको छ । १२० कम्पनीको कारोबार भएको बजारमा ८५ करोड ९३ रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।
१२ बैशाख २०७३, ३.३०
वि.सं.२०७३ वैशाख १२ आइतवार १६:२१ मा प्रकाशित