
काठमाण्डौं । नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक र कर्णाली डेभलपमेन्ट बैंक हकप्रद सेयर जारी गर्ने भएका छन् । कम्युनिटीले वैशाख ३० र कर्णालीले जेठ २ गतेबाट हकप्रद सेयर जारी गर्न लागेका हुन् ।
कम्युनिटीले १०० रुपैयाँ अंकित दरका १० लाख कित्ता सेयर जारी गर्न लागेको हो । चुक्ता पुँजी १० करोड रुपैयाँ रहेको बैंकले १०० प्रतिशत हकप्रद सेयर निस्कासन गर्न लागेको हो । हकप्रदका लागि बैशाख १६ गतेसम्म कायम सेयरधनीले पाउने छन् ।
कर्णाली डेभलपमेन्ट बैंकले १०० रुपैयाँ अंकित दरका चार लाख कित्ता सेयर निस्कासन गर्न लागेका हुन् । आठ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले ५० प्रतिशतका दरले हकप्रद सेयर जारी गर्न लागेको हो ।
१३ बैशाख २०७३, ८.००
वि.सं.२०७३ वैशाख १३ सोमवार ११:१६ मा प्रकाशित