back

३ लाख भूकम्पपीडितले एकै पटक राहत रकम पाउने

काठमाण्डौं । सरकारले एकै पटक ३ सय ८३ गाविसका भूकम्पपीडितहरूका लागि घर पुनर्निर्माण गर्न अनुदान सम्झौताको प्रक्रिया अघि बढाएको छ। विस्तृत सर्वेक्षणले पहिचान भएका पीडित ९लाभग्राही० हरूको सूची प्रकाशन गर्दै अनुदान रकम वितरणका लागि प्रक्रिया अघि बढाएको हो।

३ लाख ९ सय ६१ जनाको नामसहितको सूचना प्रकाशित गर्दै पहिलो किस्ता रकम वितरणको लागि प्रक्रिया अघि बढाएको हो। पुनर्निर्माण प्राधिकरणका अनुसार उपत्यका बाहिर ११ जिल्लाका उक्त गाविसहरूमा सूची प्रकाशित गरिएको हो। स्थानीय निकायका कार्यालयहरूमा उक्त सूची प्रकाशित गरेको हो। ‘सर्भेको सबै विवरण प्राप्त भई विश्लेषण गरेपछि अनुदान पाउनयोग्य अरू घरधनीको सूचना पनि क्रमशस् प्रकाशित गरिने छ,’ प्राधिकरणद्वारा आइतबार जारी विज्ञप्तिमा भनिएको छ।

यसअघि दोलखाको सिंगटी र ८ जिल्लाका ८ गाविसमा मात्रै अनुदान सम्झौताको प्रक्रिया अघि बढाएको थियो। यसमध्ये करिब ७ सय परिवारले मात्रै अनुदानको पहिलो किस्ता पाएका छन्।

लाभग्राही सूचना प्रकाशित गरेपछि पनि समय लाग्ने भएकाले नगदै पाउन भने ढिलाइ भएको प्राधिकरणले जनाएको छ। सरकारले भूकम्पबाट पूर्ण क्षति भएको परिवारलाई २ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। यसमध्ये प्रक्रिया पूरा गरेपछि पहिलो किस्ताअन्तर्गत ५० हजार रुपैयाँ उपलब्ध गराउने गरेको छ।

उक्त रकमले घरको जग निर्माण गरिसकेपछि दोस्रो किस्ताअन्तर्गत २ लाख रुपैयाँको ४० प्रतिशत अर्थात ८० हजार रुपैयाँ उपलब्ध गराउने तयारी हो। छाना छाउनु अगाडिको तह सम्मको कार्य सम्पन्न भएपश्चात तेस्रो तथा अन्तिम किस्ता ७० हजार रुपैयाँ पाइने व्यवस्था गरेको छ।

१३ बैशाख २०७३, १२.००

वि.सं.२०७३ वैशाख १३ सोमवार १३:५८ मा प्रकाशित

You can share this post!

मुगुको गमगढीमा आगलागी   

मुगुको गमगढीमा आगलागी   

वि.सं.२०८० असोज ६ शनिवार ०७:११

मुगु, ६ असोज  : मुगु सदरमुकाम गमगढी बजारको कालिका मालिका...

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा   

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा   

वि.सं.२०८० असोज ६ शनिवार ०७:०५

ढोरपाटन (बागलुङ) ६ असोज : निसेलढोर र ढोरपाटन क्षेत्रका कृषक...

मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ   

मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ   

वि.सं.२०८० असोज ६ शनिवार ०६:५८

काठमाडौँ, ५ असोज : नेपाल प्रहरीले मलेसिया पठाइदिन्छु भनी ठगी...

चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन   

चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन   

वि.सं.२०८० असोज ६ शनिवार ०६:५४

काठमाडौँ, ५ असोज : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले...

आज कहाँ-कहाँ पर्दैछ पानी ?

आज कहाँ-कहाँ पर्दैछ पानी ?

वि.सं.२०८० असोज ६ शनिवार ०६:४९

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा  सरदर स्थानको दक्षिणतिर...

आज ६ असोज २०८० शनिवार, कस्तो छ आजको राशिफल ?

आज ६ असोज २०८० शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० असोज ६ शनिवार ०६:४०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...