back
SKIP
prime bank ad

पैसा बैंकमै थन्किएपछि साढे २२ हजारले सेवा पाएनन्

Kumari bank ad

पर्वत । यहाँ चालु आवको सामाजिक सुरक्षा भत्ता बैंकमै अलपत्र परेको छ । जिल्ला विकास समितिले पहिलो र दोस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरणका लागि २०७२ साल असोज १९ गते गरिमा विकास बैंक लिमिटेड कुश्मा शाखालाई रकम निकासा दिए पनि अहिलेसम्म वितरण हुन सकेको छैन ।

गत असोज १९ गते पहिलो र दोस्रो चौमासिकको भत्तावृत्ति वितरण गर्नका लागि झन्डै रु चार करोड निकासा दिएको थियो । पहिलो चौमासिकमा वितरण गर्नका लागि रु एक करोड ९७ लाख ८६ हजार र दोस्रो चौमासिकका लागि रु एक करोड ९७ लाख ८६ हजार रकम निकासा दिएको भए पनि अझैसम्म वितरण हुन नसकेपछि जिल्ला विकास समितिले वितरण नहुनुको कारण माग गरेको छ ।

वृद्धवृद्धाले जिल्ला विकास समितिमा भत्ता नपाएको गुनासो गरेपछि स्थानीय विकास अधिकारी युवराज पौडेलले गत चैत २६ गते बैंकलाई पत्राचार गर्नुभएको थियो । जिविसले समयमै भत्ता उपलब्ध गराउन बैंकलाई ताकेता समेत गरेको छ ।

सहिद सप्ताहअघि नै सर्वसाधारणलाई भत्ता वितरण गर्नका लागि समयमै निकासा दिएको रकम अहिलेसम्म वितरण नहुँदा सर्वसाधारण समस्यामा परेका छन् । उनीहरु दैनिकजसो बैंकमा धाउँदै रित्तो हात फर्कन बाध्य भएका छन् ।

तेस्रो चौमासिकको भत्तासमेत वितरण गर्नुपर्ने बेलासम्म पनि पहिलो र दोस्रो चौमासिकको भत्ता वितरण हुन नसकेको हो । पहिलो चौमासिकको सामाजिक सुरक्षा भत्ता वडा दसँैअगावै असोज १ गतेसम्म वितरण गरिसक्न र दोस्रो चौमासिकको रकम सहिद सप्ताहको अवसरमा माघ १२ गतेभित्र वितरण गर्न बैंकलाई आग्रह गरिएको थियो ।

पर्वतमा विगत दुई वर्षदेखि सबै गाविसमा बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गरिँदै आएको छ । जसमध्ये गरिमा बिकास बैंकको कुश्मा शाखाबाट ठूलीपोखरी, आर्थर शङ्करपोखरी, हुवास शाखाबाट हुवास, सरौखोला, भोर्ले, त्रिवेणी, टकलाक, बेउलीवास, उरामपोखरा, शालिग्राम, वहाकी, रानीपानी, बर्राचौर र होश्राङ्दी, तथा फलेवास शाखाबाट मुडिकुवा, खानीगाउँ, देवीस्थान, लिमिठाना, ठानामौला, कुर्घा पाङराङ र बाच्छा गाविसमा वितरण गर्दै आएको छ ।

यता गरिमा विकास बैंक कुश्मा शाखाका प्रमुख सुन्दरसिंह भण्डारीले वैशाख १५ गतेभित्रै वितरण गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले पहिलो चौमासिकको सबै वितरण गरिएको तर दोस्रो चौसिममा तथ्याङ्क अद्यावधिक गर्न समय लागेका कारण ढिलाइ भएको बताउनुभयो ।

गरिमा विकास बैंकबाहेक अन्य सबै बैंकले भने वितरण गरिसकेको जिल्ला विकास समितिले जनाएको छ । पर्वतमा चालु आवमा २२ हजार ५०६ जनालाई भत्ता वितरण गर्ने जनाएको छ ।

१३ बैशाख २०७३, ३।३०

वि.सं.२०७३ वैशाख १३ सोमवार १६:२५ मा प्रकाशित

You can share this post!

सार्वजनिक ऋण २३ खर्ब नाघ्यो, प्रतिव्यक्ति ऋण दायित्व ७९ हजार दुई सय   

सार्वजनिक ऋण २३ खर्ब नाघ्यो, प्रतिव्यक्ति ऋण दायित्व ७९ हजार दुई सय   

वि.सं.२०८० असोज १२ शुक्रवार १९:०१

काठमाडौँ, १२ असोज : नेपालको कुल सार्वजनिक ऋण रू २३...

सरकार र राहत शिक्षकबीच सहमति   

सरकार र राहत शिक्षकबीच सहमति   

वि.सं.२०८० असोज १२ शुक्रवार १८:५५

काठमाडौँ, १२ असोज : सरकार र आन्दोलनरत संयुक्त राहत शिक्षक...

एभरेष्ट बैंक र निरभाना फिजियोथेरापी एण्ड वेलनेस सेन्टर बिच विशेष छुट प्रदान गर्ने सम्झौता

एभरेष्ट बैंक र निरभाना फिजियोथेरापी एण्ड वेलनेस सेन्टर बिच विशेष छुट प्रदान गर्ने सम्झौता

वि.सं.२०८० असोज १२ शुक्रवार १६:१६

काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र निरभाना फिजियोथेरापी एण्ड वेलनेस...

सोलुखुम्बुमा मिडल इन्खु जलविद्युत् आयोजना निर्माण हुने   

सोलुखुम्बुमा मिडल इन्खु जलविद्युत् आयोजना निर्माण हुने   

वि.सं.२०८० असोज १२ शुक्रवार १४:५०

काठमाडौँ, १२ असोज : पछिल्ला दिनमा जलविद्युत् आयोजनाको केन्द्रका रुपमा...

रिचेत जलविद्युत कम्पनीले आइपीओ निष्काशन गर्ने

रिचेत जलविद्युत कम्पनीले आइपीओ निष्काशन गर्ने

वि.सं.२०८० असोज १२ शुक्रवार १४:४२

काठमाडौं । रिचेत जलविद्युत कम्पनी लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको...

मुक्तिनाथ कृषि कम्पनीले १४ लाख कित्ता आइपीओ निष्काशन गर्ने, बोर्डबाट पायो स्विकृति

मुक्तिनाथ कृषि कम्पनीले १४ लाख कित्ता आइपीओ निष्काशन गर्ने, बोर्डबाट पायो स्विकृति

वि.सं.२०८० असोज १२ शुक्रवार १४:२०

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ...