back

मेगामा गाभियो पश्चिमाञ्चल डेभलपमेन्ट बैंक , आजैदेखि संयुक्त कारोबार

Kumari bank ad

काठमाडौं, १३ बैशाख । रुपन्देहीमा प्रधान कार्यालय रहेको पश्चिमाञ्चल डेभलपमेन्ट बैंक मेगा बैंक नेपाल लिमिटेडसँग आजबाट औपचारिक रुपमा गाभिएको छ ।

सोमबार बुटवलमा आयोजित मर्जर कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबि नेपालले मेगा बैंकको प्रगतिका लागि शुभकामना दिए । आगामी दिनमा मेगा बैंक अझ बढी समृद्ध र विस्तार हुने उनले  विश्वास व्यक्त गरे ।

कार्यक्रममा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले पश्चिमाञ्चल डेभलपमेन्ट बैंकका १४ वटा शाखालाई मेगामा गाभेर आजबाट संयुक्त कारोबार सुरु गरेको जानकारी दिए । यो मर्जरपछि मेगा परिवारमा उत्साह थपिएको अध्यक्ष शाहले भने । शाहका अनुसार, मेगा बैंकको शेयरको मूल्य प्रतिकित्ता १ सय ४ रुपैंया २५ पैसा र पश्चिमाञ्चलको प्रतिकित्ता ६७ रुपैंयामा आदानप्रदान (स्वाप) गर्ने निर्धारण भएको छ । मेगा बैंकको यो पहिलो मर्जर हो ।

मेगा बैंकलाई प्रादेशिक संरचनामा लैजान लागिएको जानकारी दिँदै शाहले सबै प्रदेशमा ‘प्रादेशिक केन्द्र’को स्थापना गरिने बताए । बैंकको पहुँचभित्र पर्न नसकेका उद्योगी, व्यवसायी, कृषि, पर्यटन सबै क्षेत्रमा पहुँच पुराउने उद्देश्यले वुटवलमा पहिलो प्रादेशिक केन्द्र स्थापना गरिएको उनले बताए ।

मेगा बैंकका सिइओ अनिलकेशरी शाहले मर्जरसँगै मेगा बैंकलाई अन्य बैंकसँग पनि मर्जरका लागि ढोका खुल्ला गरेको बताए । पश्चिमाञ्चलका १४ वटा शाखा थपिएपछि मेगा बैंकका शाखा कार्यालय ४४ वटा पुगेका छन् । यसअघि मेगा बैंकको शाखा कार्यालय नभएका पाल्पा, नवलपरासी, कपिलवस्तु, स्याङजा लगायतका जिल्लामा पनि मेगा बैंक विस्तार भएको छ । कतिपय शाखालाई बजारको अध्ययन गरि पुनःस्थानान्तरण गरिने सिइओ शाहले जानकारी दिए ।

मर्जरपछि मेगा बैंकको चुक्ता पुँजीे ३ अर्ब २४ करोड, ३१ अर्ब निक्षेप, कर्जा २५ अर्ब ५ करोड रहेको छ । अब मेगा बैंकको देशभर ४४ वटा शाखा, ४५ वटा एटीएम सञ्जाल, ५३ वटा स्थानबाट अत्याधुनिक शाखारहित बैंकिङ सेवा, १३ सय ५० स्थानमा मेगा रेमिटको सञ्जाल र एउटा एक्सटेन्सन काउन्टर भएको छ ।

वि.सं.२०७३ वैशाख १३ सोमवार १९:४३ मा प्रकाशित

You can share this post!

इसेवाले सातै प्रदेशमा ठूलो संख्यामा माग्यो कर्मचारी, कसरी दिने आवेदन ?

इसेवाले सातै प्रदेशमा ठूलो संख्यामा माग्यो कर्मचारी, कसरी दिने आवेदन ?

वि.सं.२०८० मंसिर १८ सोमवार १३:१५

काठमाडौं । इसेवाले सातै प्रदेशको लागि कर्मचारी माग गरेको छ...

सजिलो ब्रोकर लिमिटेडको कारोबार सुरु

सजिलो ब्रोकर लिमिटेडको कारोबार सुरु

वि.सं.२०८० मंसिर १८ सोमवार १२:५३

काठमाडौं । ललितपुर स्थित झम्सिखेल स्थित प्रधान कार्यालय रहेको यस...

भारतीय वायुसेनाको विमान दुर्घटनाः दुईजना पाइलटको मृत्यु   

भारतीय वायुसेनाको विमान दुर्घटनाः दुईजना पाइलटको मृत्यु   

वि.सं.२०८० मंसिर १८ सोमवार १२:४५

मेडक, १८ मङ्सिर : भारतीय वायुसेनाको विमान दुर्घटना हुँदा दुईजना...

मुक्तिनाथ कृषि कम्पनीको आइपीओ भोली बाँडफाँड हुने, सेयर हात पार्ने कति जना ?

मुक्तिनाथ कृषि कम्पनीको आइपीओ भोली बाँडफाँड हुने, सेयर हात पार्ने कति जना ?

वि.सं.२०८० मंसिर १८ सोमवार १२:२२

काठमाडौँ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आईपीओ बाँडफाड भोली हुने ...

१ लाख ७८ हजार कित्ता एफपीओ नेप्सेमा सूचिकृत

१ लाख ७८ हजार कित्ता एफपीओ नेप्सेमा सूचिकृत

वि.सं.२०८० मंसिर १८ सोमवार १२:१२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार उन्नती सहकार्य लघुवित्तको...

हुम्ला र मुस्ताङमा हिमपात, जनजीवन कष्टकर   

हुम्ला र मुस्ताङमा हिमपात, जनजीवन कष्टकर   

वि.सं.२०८० मंसिर १८ सोमवार ११:५९

सिमकोट, (हुम्ला) १८ मङ्सिर : हुम्लामा आज बिहानैदेखि हिमपात सुरु...