back
mega bank Ad
Hero Ad

कालीगण्डकीका जग्गाधनीलाई साढे ११ करोड मुआब्जा वितरण

पर्वत । नेपाल विद्युत् प्राधिकरण ९कालीगण्डकी प्रसारण करिडोर आयोजना० को यहाँ निर्माण गर्न लागिएको सवस्टेसनका लागि अधिग्रहण गरिएको जग्गाका जग्गाधनीलाई मुआब्जा वितरण गरिएको छ ।

७८ जना जग्गाधनीलाई रु ११ करोड ४० लाख ४२ हजार ९६७ वितरण गरिएको जिल्ला मुआब्जा निर्धारण समितिले जनाएकोछ । गत पुसमा जग्गाधनीलाई जग्गाको मुआब्जा रकमसँगै जग्गामा लगाइएको बाली तथा भौतिक संरचनाको क्षतिपूर्ति रकम थप गर्ने सहमतिअनुसार मुआब्जा वितरण गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्ला मुआब्जा निर्धारण समितिको २०७२ पुस २९ गते बसेको बैठकले अधिकरण गर्ने जग्गामध्ये सडकसँग जोडिएको जग्गाको प्रतिरोपनी रु १० लाख र बाँकी जग्गाको रु आठ लाखको दरले जग्गाधनीलाई मुआब्जा उपलब्ध गराउने निर्णयअनुसार नै रकम वितरण गरिएको हो ।

आयोजनाले स्थानीय ८४ जना जग्गाधनीको १५४ रोपनी जग्गा लिने निर्णय भएको थियो । उक्त जग्गाका धनीलाई वितरण गर्न रु १२ करोड ८० लाख जिल्ला प्रशासन कार्यालयमा प्राप्त भएको थियो ।

१४ बैशाख २०७२, ७.००

वि.सं.२०७३ वैशाख १४ मंगलवार ११:३५ मा प्रकाशित

You can share this post!

यस वर्ष नेपालको रेमिट्यान्स साढे आठ अर्ब अमेरिकी डलर पुग्न सक्छ : विश्व बैंक

यस वर्ष नेपालको रेमिट्यान्स साढे आठ अर्ब अमेरिकी डलर पुग्न सक्छ : विश्व बैंक

वि.सं.२०७९ मंसिर १७ शनिवार १६:१५

काठमाडौं । नेपालले यस वर्ष (सन् २०२२) साढे आठ अर्ब...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

वि.सं.२०७९ मंसिर १७ शनिवार ११:११

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार  को विदेशी मुद्राको विनिमय...

आज थप दुई कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

आज थप दुई कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १९:१७

काठमाडौं । आज थप दुई कम्पनीहरुले लाभांश घोषणा गरेका छन्...

आइएमईको २२ औँ साधारण सभा सम्पन्न : कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित

आइएमईको २२ औँ साधारण सभा सम्पन्न : कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १९:०७

काठमाडौं । कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित गर्दै आइएमईको २२औँ...

शैक्षिक अवस्था बुझ्न नगरपालिकाको टाेली कक्षा कोठामा

शैक्षिक अवस्था बुझ्न नगरपालिकाको टाेली कक्षा कोठामा

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १७:२१

हेमन्त केसी सुर्खेत  । मंगलबार जाजरकोट नलगाड नगरपालिकाका नगरप्रमुख डम्मर...

पैसा नभएको चेक दिने पक्राउ, ३० लाख रुपैंया  जरिवाना र १० दिन कैद हुने

पैसा नभएको चेक दिने पक्राउ, ३० लाख रुपैंया जरिवाना र १० दिन कैद हुने

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १७:१४

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी  पक्राउ परेका छन् ।...