
काठमाण्डौं । दुई सातापछि सुनको मूल्य पुनः ५५ हजार नाघेको छ। यसअघि चैत ३० गते ५५ हजार २ सय रुपैयाँ रहेको सुनको भाउ त्यसयता ५५ हजार वा सोभन्दा मुनि कायम रहेको थियो।
हिजो सोमबार ५४ हजार ९ सय रुपैयाँ रहेको सुनको भाउ आज मंगलबार ५५ हजार १ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँ बढेको छ। सोमबार प्रतितोला ७ सय ७५ रुपैयाँ रहेको चाँदी आज ७ सय ८० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
प्रकाशितः २०७३ वैशाख १४
वि.सं.२०७३ वैशाख १४ मंगलवार १२:११ मा प्रकाशित