back
NMB ad

प्राथमिक सेयरको कारोबार अब दुई महिना भित्रै !

Kumari bank ad

काठमाण्डौं । नेपाल धितोपत्र बोर्डले प्राथमिक सेयरको कारोबार सुरु हुन लाग्ने समय घटाउन गृहकार्य थालेको छ । बोर्डले सेयर निष्कासन देखि कारोबार गर्दासम्म जम्मा दुई महिनामात्रै लाग्ने गरि नयाँ व्यवस्था गर्न लागेको हो ।

‘हामी अहिलेको समय घटाउने गृहकार्यमा छौं, बोर्डका कार्यकारी निर्देशक निरज गिरीले भने, अहिले ६ महिना भन्दा बढी समय लाग्छ । यसलाई घटाएर दुई महिनामा झार्ने योजना छ ।’ सार्वजनिक निष्कासनको सेयर बाँडफाडकै समय धेरै समय लाग्छ । यसले गर्दा साधारण सेयर भर्ने व्यक्तिले ६ महिना जतिमा मात्रै दोस्रो बजारमा कारोबार गर्न पाउँछ ।

धितोपत्र बोर्डले नै गरेको अध्ययनमा साधारण सेयर भर्ने देखि दोस्रो बजारमा सेयर कारोबार हुँदासम्म औसतमा ६ महिनाको समय लाग्ने गरेको छ । यो अवधिसम्म लगानीकर्ताले सेयरलाई सम्पत्तिका रुपमा प्रयोग गर्न पाउँदैनन् ।

Share Market

डिम्याट खाता खोलेर सेयर भर्न लागेपछि समय घट्ने अनुमान गरिएको छ । काठमाडौं उपत्यकामा साउन देखि डिम्याट खाता राखेर मात्रै सेयर भर्न पाइन्छ । साधारण सेयर वितरण पछि पनि कम्पनीले नेपाल स्टक एक्सचेन्जसँग ढिला सूचीकरण संझौता गरिदिँदा पनि कारोबारको समय धेरै लाग्ने गरेको हो |

१४ बैशाख २०७२, २।००

वि.सं.२०७३ वैशाख १४ मंगलवार १४:१८ मा प्रकाशित

You can share this post!

एक अर्ब लगानीमा मुलकोट र हलेसीमा पौवा रिसोर्ट सञ्चालन  

एक अर्ब लगानीमा मुलकोट र हलेसीमा पौवा रिसोर्ट सञ्चालन  

वि.सं.२०८१ साउन १० बिहीवार ०६:५३

काठमाडौँ : नेपालको हस्पिटालिटी क्षेत्रमा लगानी विस्तार गरेको होटल पौवा...

सौर्य एयर विमान दुर्घटना : के भन्छ प्राधिकरण ?     

सौर्य एयर विमान दुर्घटना : के भन्छ प्राधिकरण ?     

वि.सं.२०८१ साउन १० बिहीवार ०६:४५

सिबी अधिकारी, काठमाडौँ: बुधबार बिहान झण्डै सवा ११ बजेतिर त्रिभुवन...

आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान   

आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान   

वि.सं.२०८१ साउन १० बिहीवार ०६:३७

काठमाडौँ, १० साउनः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा...

आज १० साउन २०८१ बिहिवार, हेर्नुहोस् आजको राशिफल

आज १० साउन २०८१ बिहिवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ साउन १० बिहीवार ०६:३०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कोशी प्रदेश मन्त्रिपरिषद्द्वारा प्रदेश निजामती सेवा नियमावली, २०८१ स्वीकृत गर्ने निर्णय   

कोशी प्रदेश मन्त्रिपरिषद्द्वारा प्रदेश निजामती सेवा नियमावली, २०८१ स्वीकृत गर्ने निर्णय   

वि.सं.२०८१ साउन ९ बुधवार २१:२७

विराटनगर, ९ साउन : कोशी प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेश निजामती...

विमान दुर्घटनामा घाइते भएका क्याप्टेनको स्वास्थ्यावस्था बुझ्न प्रधानमन्त्री ओली अस्पतालमा

विमान दुर्घटनामा घाइते भएका क्याप्टेनको स्वास्थ्यावस्था बुझ्न प्रधानमन्त्री ओली अस्पतालमा

वि.सं.२०८१ साउन ९ बुधवार २१:१३

काठमाडौँ, ९ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले सौर्य एयरलाइन्स...