
इलाम । उमेर पुगेपछि बिहे हुनु सामाजिक संस्कार नै हो। तर, बारबोट गाविसमा मंगलबार यस्तो बिहे (शताब्दी उत्सव) आयोजना गरियो, जहाँ निम्तो मान्नभन्दा रमिता हेर्न पुगेकाहरु खचाखच थिए।
निम्तालु र आगन्तुकले ‘बेहुला बेहुली’लाई टीका लगाएनन्। न त अरु बिहे झै उपहार र दक्षिणा नै दिए। बरु, बेहुला बेहुलीबाट चाहिँ टीका र आशीर्वाद लिए।
बारबोटे गाविस–७ का एक सय २ वर्षे टंकनाथ भुर्तेल र ९१ वर्षीया इन्दछायाँको मंगलबार दोस्रो पटक बिहेसरहकै शताब्दी उत्सव आयोजना गरियो। ब्राह्मणबाट बेद, रुद्रीलगायत हिन्दू धर्मशास्त्रका पुस्तक पाठ गराइयो। गाई दान र आशीर्वाद लिने दिने कार्यक्रम गरियो। स्थानीय विभिन्न रावजनीतिक दलका कार्यकर्ता, सामाजिक अगुवा, पेसाकर्मी, पत्रकार, वकिललगायत सयौं आगन्तुक र पाहुना आए।
आगन्तुकले दुजैजनाबाट टीका र आशीर्वाद ग्रहण गरे। बेहुला बेहुलीसँग फोटा खिचाए, संगिनी र भजन गाए । भोजमा सहभागी भएर फर्किए। उत्सवमा आउने र जानेहरु आपसमा कुरा गर्दै थिए–आज कहिल्यै नपुगेको तीर्थ पुगेर आइयो।
१९७१ साल कात्तिकमा बरबोटे गाविस–७ मै जन्मेका टंकनाथ दाजु भाइमा एक्ला हुन्। ३ दिदीबहिनीमध्ये कान्छी मोरङमा छिन्। टंकनाथ र १९८२ सालमा सोयाङ गाविस–९ मा जन्मिएकी इन्द्रछाँया सुवेदीको २००० सालमा बिहे भएको थियो। नागरिक दैनिकमा खबर छ ।
प्रकाशितः २०७३ वैशाख १५
वि.सं.२०७३ वैशाख १५ बुधवार १०:२४ मा प्रकाशित