back

नेपाल बैंकले ल्यायो १० लाख ३१ हजार ६७४ कित्ता सेयर

काठमाण्डौं । नेपाल बैंकले नेपाल इन्स्योरेन्स कम्पनीमा रहेको दश लाख ३१ हजार ६७४ कित्ता सेयर लिलाम गर्ने भएकोछ । नेपाल ईन्स्योरेन्सको ५१ प्रतिशत सेयर स्वामित्व लिएको नेपाल बैंकले न्युनतम ४०० रुपैयाँमा सो सेयर सर्वसाधारण तथा कम्पनीहरुलाई गोप्य सिलबन्दी बोलपत्र मार्फत बिक्री गर्न सूचना निकालेको हो ।

नेपाल बैंकले आफ्नो स्वामित्वमा रहेको १३ लाख ५० हजार कित्ता सेयर मध्ये १० लाख ३१ हजार ६७४ कित्ता मात्र बेच्ने भएको हो । सिद्धार्थ क्यापिटलमार्फत अगाडि बढाईएको सेयर लिलाममा सहभागी हुन चाहनेले न्युनतम १०० कित्ता र अधिकतम ४ लाख ३१ हजार ४१० कित्ताका लागि आबेदन दिनसक्ने छन् । कुनै संस्था वा ब्यक्तिले लिलाममा आएको सबै शेयर आफुले किन्न चाहे पनि नसक्ने प्रावधान राखी १५ प्रतिशत स्वामित्व मात्रै लिनसक्ने ब्यवस्था गरिएको छ ।

लिलाममा निकालिएको नेपाल ईन्स्योरेन्सको सेयर संस्थापक समूहमै रहने र संस्थापक सेयर धारण गर्न योग्य ब्यक्ति तथा कम्पनीहरुले आबेदन गर्नसक्ने सूचनामा जनाईएको छ । शेयर सकार्न चाहनेहरुले माग गरेको सेयर वापतको पुरा रकम जम्मा गरी सिद्धार्थ क्यापिटलमा जेठ ४ गतेभित्रमा आबेदन दिईसक्नु पर्ने भएको छ ।

१५ बैशाख २०७३, ९।००

वि.सं.२०७३ वैशाख १५ बुधवार ११:३४ मा प्रकाशित

You can share this post!

मुगुको गमगढीमा आगलागी   

मुगुको गमगढीमा आगलागी   

वि.सं.२०८० असोज ६ शनिवार ०७:११

मुगु, ६ असोज  : मुगु सदरमुकाम गमगढी बजारको कालिका मालिका...

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा   

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा   

वि.सं.२०८० असोज ६ शनिवार ०७:०५

ढोरपाटन (बागलुङ) ६ असोज : निसेलढोर र ढोरपाटन क्षेत्रका कृषक...

मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ   

मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ   

वि.सं.२०८० असोज ६ शनिवार ०६:५८

काठमाडौँ, ५ असोज : नेपाल प्रहरीले मलेसिया पठाइदिन्छु भनी ठगी...

चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन   

चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन   

वि.सं.२०८० असोज ६ शनिवार ०६:५४

काठमाडौँ, ५ असोज : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले...

आज कहाँ-कहाँ पर्दैछ पानी ?

आज कहाँ-कहाँ पर्दैछ पानी ?

वि.सं.२०८० असोज ६ शनिवार ०६:४९

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा  सरदर स्थानको दक्षिणतिर...

आज ६ असोज २०८० शनिवार, कस्तो छ आजको राशिफल ?

आज ६ असोज २०८० शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० असोज ६ शनिवार ०६:४०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...