back

पर्यटन समितिले नगरकोटको फोहर व्यवस्थापन गर्ने

Kumari bank ad

काठमाण्डौं। नगरकोटको पर्यटकीय क्षेत्रका फोहर व्यवस्थापनको जिम्मा नगरकोट नाल्दुम पर्यटन विकास समितिले पाएको छ ।

नगरकोट नगरपालिकाले फोहर बोक्ने एउटा टिपरसहित फोहर व्यवस्थापनको जिम्मा समितिलाई दिएपछि फोहर व्यवस्थापन गर्ने कार्य समितिले सुरु गरेको छ ।

नगरपालिका र समितिबीच फोहर व्यवस्थापनको सम्झौता भएपछि नगरकोटको पर्यटकीय क्षेत्रको फोहर व्यवस्थापन समितिले गर्न सुरु गरेको समितिका अध्यक्ष दीपक लामिछानेले जानकारी दिनुभयो ।

समितिका अध्यक्ष लामिछानेले भन्नुभयो˗ “विगतमा साधन बिना नै नगरकोटको पर्यटकीय क्षेत्रको फोहर सङ्कलन गर्ने र व्यवस्थापन गर्ने गर्दा निकै समस्या झेल्नु पथ्र्यो, अब नगरपालिकाले गाडी नै दिएपछि फोहर व्यवस्थापनमा सजिलो भएको छ ।”

सफा र सुरक्षित नगरकोट नारा दिएर समितिले नगरकोट आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि फोहर फाल्न विभिन्न ठाउँमा बाकस तथा डोको राखिदिएको छ ।

फोहर व्यवस्थापनका लागि चालक, सहचालक र डिजेलका लागि लाग्ने वार्षिक रु १० लाखको खर्च समितिले नै गर्ने भएको छ । समितिले सङ्कलित फोहरलाई रिसाइकल गर्ने र नकुहिने फोहरको सही व्यवस्थापन तथा कुहिने फोहरबाट कम्पोस्ट मल बनाउने अध्यक्ष लामिछानेले बताउनुभयो ।

त्यसैगरी नगरकोटको पर्यटकीय क्षेत्रलाई सुरक्षित राख्नका लागि नगरकोटको पर्यटकीय क्षेत्रको चोकचोकमा सिसी क्यामरा जडान गरिएको छ । नगरकोट नगरपालिकाको सहयोगमा छ वटा सिसी क्यामरा जडान गरिएको हो ।

नगरकोटको भ्यू टावर, भट्टे डाँडा र ग्यालक्सी चोकमा दुई˗दुईवटा सिसी क्यामरा जडान गरिएको बताउँदै अध्यक्ष लामिछानेले थप क्यामरा पनि जडान गरिने जानकारी दिनुभयो । जो कोहीले पनि घरमै बसेर मोबाइल एप्सबाट ती क्षेत्रको गतिविधि हेर्न सक्ने उहाँले बताउनुभयो ।

प्रकाशितः २०७३ वैशाख १५

वि.सं.२०७३ वैशाख १५ बुधवार १३:५३ मा प्रकाशित

You can share this post!

कोरियन भाषा परीक्षाको आवेदन खुला, यस्तो छ सूचना र आवेदन प्रक्रिया

कोरियन भाषा परीक्षाको आवेदन खुला, यस्तो छ सूचना र आवेदन प्रक्रिया

वि.सं.२०८० मंसिर १९ मंगलवार ०७:१३

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषा परीक्षाको...

आजको मौसमः तीन प्रदेशमा वर्षाको सम्भावना, उच्च पहाडी र हिमाली भू-भागमा हिमपात

आजको मौसमः तीन प्रदेशमा वर्षाको सम्भावना, उच्च पहाडी र हिमाली भू-भागमा हिमपात

वि.सं.२०८० मंसिर १९ मंगलवार ०६:४६

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको साथै भारतको उत्तर प्रदेशको...

मुक्तिनाथ कृषि कम्पनीको आइपीओ आज बाँडफाँड हुँदै

मुक्तिनाथ कृषि कम्पनीको आइपीओ आज बाँडफाँड हुँदै

वि.सं.२०८० मंसिर १९ मंगलवार ०६:३८

काठमाडौँ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आईपीओ बाँडफाड आज हुने...

एनसेल शेयर खरिद–बिक्रीको वैधता निर्क्योल गर्न प्रधानमन्त्रीको निर्देशन   

एनसेल शेयर खरिद–बिक्रीको वैधता निर्क्योल गर्न प्रधानमन्त्रीको निर्देशन   

वि.सं.२०८० मंसिर १९ मंगलवार ०६:२६

काठमाडौँ, १८ मङ्सिर : दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा...

आज १९ मंसिर २०८० मंगलवार, हेर्नुहोस् आजको राशिफल

आज १९ मंसिर २०८० मंगलवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८० मंसिर १९ मंगलवार ०६:२१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

एनसेलको शेयर खरिद–बिक्री शङ्काको घेरामा   

एनसेलको शेयर खरिद–बिक्री शङ्काको घेरामा   

वि.सं.२०८० मंसिर १८ सोमवार १८:०१

काठमाडौँ, १८ मङ्सिर : दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा...