back

वित्तीय स्थायित्वप्रति केन्द्रीय बैंक प्रतिबद्धः गभर्नर

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले निजी, सार्वजनिक एवम् वैदेशिक लगानीलाई प्रोत्साहित गर्न राष्ट्र बैंक प्रतिबद्ध रहेको बताउनुभएको छ ।

नेपाल राष्ट्र बैंकको ६१ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै गभर्नर नेपालले यसका लागि बैंकका सरोकारवाला सबैलाई सकारात्मक र सहयोगी भूमिका निर्वाह गर्न अनुरोध पनि गर्नुभयो ।

उहाँले प्राकृतिक प्रकोप, राजनीतिक सङ्क्रमणकाल र आपूर्ति व्यवधानका कारण आर्थिक तथा वित्तीय क्षेत्रको व्यवस्थापन निकै जटिल बनेपनि सरकार र राष्ट्र बैंकले अपनाएका विभिन्न नीतिगत उपायले गर्दा समग्र आर्थिक व्यवस्थापन नियन्त्रण बाहिर नगएको बताउनुभयो ।

गभर्नर नेपालले वित्तीय क्षेत्रसँग सम्बन्धित ऐनलाई समयसापेक्ष बनाउने तयारी भइरहेको जानकारी दिँदै परिमार्जनका क्रममा नेपाल राष्ट्र बैंक ऐन, २०५८ व्यवस्थापिका–संसद्मा पेस भएको, बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को संशोधनको प्रस्ताव र बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०६३ लाई प्रतिस्थापन गर्न बनेको नयाँ विधेयक संसद्मा छलफलमा रहेको जानकारी दिनुभयो ।

पछिल्ला घटनाक्रमले गर्दा मुद्रास्फिति नियन्त्रण गर्ने कार्य चुनौतीपूर्ण बनेको स्वीकार्दै उहाँले भन्नुभयो, “आव २०७२–७३ को आठौँ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फिति १०.१२ प्रतिशत छ ।” उहाँले चालु आवमा कृषि तथा गैरकृषि क्षेत्र दुवैको वृद्धिदरमा कमी आउने जानकारी दिनुभयो । गभर्नर नेपालले भन्नुभयो, “बन्द, हड्ताल र आपूर्ति अवरोधका कारण चालु आवमा उद्योग तथा सेवा क्षेत्रको वृद्धिदर पनि सीमान्त मात्र रहने देखिन्छ ।”

नेपाल बैंकर्स सङ्घका अध्यक्ष उपेन्द्र पौडेलले भूकम्प, नाकाबन्दीजस्ता थुप्रै घटना भए पनि मुलुकको बैंकिङ क्षेत्र अझै सुदृढ रहेको बताउनुभयो ।

कार्यक्रममा पूर्व गभर्नर डा भेषबहादुर थापा, गणेशबहादुर थापा, सत्येन्द्रप्यारा श्रेष्ठ, डा तिलक रावल, दीपेन्द्रपुरुष ढकाल, विजयनाथ भट्टराई, दीपेन्द्रबहादुर क्षेत्रीलाई पनि उहाँहरुको योगदानको कदर गर्दै सम्मान गरिएको थियो ।

कार्यक्रममा बैंकका वरिष्ठ डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, राकेशकुमार श्रेष्ठ, कर्मचारी सङ्घका पूर्व अध्यक्ष भोलाराम श्रेष्ठ तथा विभिन्न कर्मचारी युनियनका प्रतिनिधिलगायतले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सो अवसरमा गभर्नर नेपालले नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबरालाई विशेष सम्मान गर्नुभयो ।

प्रकाशितः २०७३ वैशाख १५

वि.सं.२०७३ वैशाख १५ बुधवार १४:०७ मा प्रकाशित

You can share this post!

मुगुको गमगढीमा आगलागी   

मुगुको गमगढीमा आगलागी   

वि.सं.२०८० असोज ६ शनिवार ०७:११

मुगु, ६ असोज  : मुगु सदरमुकाम गमगढी बजारको कालिका मालिका...

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा   

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा   

वि.सं.२०८० असोज ६ शनिवार ०७:०५

ढोरपाटन (बागलुङ) ६ असोज : निसेलढोर र ढोरपाटन क्षेत्रका कृषक...

मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ   

मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ   

वि.सं.२०८० असोज ६ शनिवार ०६:५८

काठमाडौँ, ५ असोज : नेपाल प्रहरीले मलेसिया पठाइदिन्छु भनी ठगी...

चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन   

चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन   

वि.सं.२०८० असोज ६ शनिवार ०६:५४

काठमाडौँ, ५ असोज : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले...

आज कहाँ-कहाँ पर्दैछ पानी ?

आज कहाँ-कहाँ पर्दैछ पानी ?

वि.सं.२०८० असोज ६ शनिवार ०६:४९

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा  सरदर स्थानको दक्षिणतिर...

आज ६ असोज २०८० शनिवार, कस्तो छ आजको राशिफल ?

आज ६ असोज २०८० शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० असोज ६ शनिवार ०६:४०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...