
काठमाण्डौं । एनआईडिसी डेभलपमेन्ट बैंकले बोलकबोलबाट बेच्न लागेको नबिल बैंकको सेयर प्रति कित्ता १६३० रुपैयाँको हाराहारीमा बिक्री हुने भएपछि कम्पनीले सोचेभन्दा ५ करोड रुपैयाँ बढी कमाउने भएकोछ ।
न्युनतम १३५३ रुपैयाँमा बोलकबोल गराइएको यो सेयर किन्न प्रतिकित्ता १६२० रुपैयाँभन्दा बढी मूल्य ‘कोट’ गरेर चार सयको हाराहारीमा आवेदन परेको छ ।
एनआईडिसीले हिजो मंगलबारदेखि आवेदन छुट्याउने काम थालेको हो । यो कम्पनीले आफ्नो स्वामित्वमा रहेको एक लाख ६२ हजार कित्ता सेयर प्रतिस्पर्धामा बिक्री गर्न आवेदन मागेको थियो ।
यो सेयर बिक्री गर्दा कम्पनीले करिब २७ करोड रुपैयाँ पाउँछ । कम्पनीले करिब २२ करोड रुपैयाँमा बेच्ने तयारी गरेको यो सेयर लगानीकर्ताले बढी मूल्यमा किन्न खोजेपछि सस्थालाई करिब पाँच करोड थप रकम प्राप्त हुनेभएको हो ।
१६ बैशाख २०७३, ११.००
वि.सं.२०७३ वैशाख १६ बिहीवार १२:११ मा प्रकाशित