back
SKIP
Prabhu Bank Road Block Ad

एमालेको केन्द्रीय विभागमा सहमति, अब प्रदेश, सल्लाहकार र जेस्ठ कमुनिस्ट मंचको तयारी

Kumari bank ad

काठमाडौँ, १६ वैशाख । नेकपा (एमाले) का विभिन्न २१ केन्द्रीय विभागका सदस्यको मनोनयनबारे आज टुङ्गो लागेको छ ।

कुल ३१ विभागमध्ये अब चाँडै दस विभागमा निर्णय हुने भएको छ । आन्तरिक विवादका कारण नवौँ महाधिवेशनपछि हालसम्म जिम्मेवारी दिन नसकेको एमालेका विभागले पूर्णता पाउने क्रम सुरु भएको हो । मनोनयनको विस्तृत सूची सार्वजनिक भने भएको छैन ।

सो मनोेनयनका लागि स्थायी कमिटीमा सहमति नभएपछि गत चैत २७ देखि यही वैशाख ३ सम्म बसेको केन्द्रीय कमिटीको बैठकले महासचिव ईश्वर पोखरेल तथा सचिवद्वय पृथ्वीसुब्बा गुरुङ र गोकर्ण विष्ट रहेको कार्यदललाई निर्णय गर्न जिम्मा दिएको थियो । कार्यदलले सम्बन्धित विभागका प्रमुख र उपप्रमुखको सहमतिमा विभाग निर्माणको कामलाई सात दिनभित्र सम्पन्न गर्ने भनिएकोमा आज २१ विभागमा सहमति जुटाएको छ ।

सचिव गुरुङले पार्टीको राजकीय मामिला, प्रचार, उद्योगलगायत विभागको सदस्यमा सहमतिका साथ निर्णय भएको जानकारी दिनुभयो । एक विभागमा वरिष्ठता र अनुभवका आधारमा बढीमा २५ सदस्यसम्म रहनेछन् । एमालेले चाँडै प्रदेश कमिटी पनि बनाउने छ भने ज्येष्ठ कम्युनिष्ट मञ्च र सल्लाहकार पनि चयन गर्ने बताइएको छ ।

वि.सं.२०७३ वैशाख १७ शुक्रवार ०६:४८ मा प्रकाशित

You can share this post!

गाउँमा करोडौँको सुन्तला, बजार पुर्‍याउन गाह्रो   

गाउँमा करोडौँको सुन्तला, बजार पुर्‍याउन गाह्रो   

वि.सं.२०८० मंसिर २४ आइतवार १६:३५

मिला दरै डुम्रे (तनहुँ), २४ मङ्सिर (रासस) : तनहुँको कर्णालीका...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन, भोली कतिमा खुल्छ कारोबार ?

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन, भोली कतिमा खुल्छ कारोबार ?

वि.सं.२०८० मंसिर २४ आइतवार १६:३०

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आईतबार एक कम्पनीको मूल्य...

ध्रुवे हात्तीलाई रेडियोकलर जडान गरिँदै   

ध्रुवे हात्तीलाई रेडियोकलर जडान गरिँदै   

वि.सं.२०८० मंसिर २४ आइतवार १६:०९

चितवन, २४ मङ्सिर : चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ध्रुवेलाई...

यसअघि स्थगित नेसनल हाइड्रोपावरले बोलायो साधारण सभा, अब कहिले ?

यसअघि स्थगित नेसनल हाइड्रोपावरले बोलायो साधारण सभा, अब कहिले ?

वि.सं.२०८० मंसिर २४ आइतवार १६:०३

काठमाडौं । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सभा बोलाएको छ...

अफगानिस्तानले नेपाललाई दियो २६२ रनको लक्ष्य

अफगानिस्तानले नेपाललाई दियो २६२ रनको लक्ष्य

वि.सं.२०८० मंसिर २४ आइतवार १५:४४

काठमाडौं । यू–१९ एसिया कपको दोस्रो खेलमा अफगानिस्तानले नेपाललाई २६२...

हिउँले ढाकेको तिलिचो ताल (फोटो फिचर)

हिउँले ढाकेको तिलिचो ताल (फोटो फिचर)

वि.सं.२०८० मंसिर २४ आइतवार १५:३६

मनाङ ङिस्याङ गाउँपालिका–९ स्थित चार हजार ९१९ मिटर उचाइमा अवस्थित...