back

भूकम्पपीडितको ७९ लाख किलो चामल गोदाममा

काठमाण्डौं । भूकम्पलगत्तै घरबारविहीन नेपालीलाई सहयोग पुर्‍याउन मित्रराष्ट्र बंगलादेशले ७८ लाख किलो चामल उपलब्ध गरायो। तर, आपत्का वेला छिमेकीले दिएको चामलसमेत जनतालाई बााड्न नसकेर सरकारले खाद्य संस्थानको तीनवटा गोदाममा थन्क्याइराखेको छ।

त्यसैगरी चीनले पनि एक लाख किलो चामल दिएको थियो। त्यो चामल पनि खाद्य संस्थानको काठमाडौंको गोदाममा छ। भूकम्पपीडित भोकै रहादा पनि सरकार चामल कहिले कुहिएला भनेर पर्खिरहेको देखिन्छ। अन्तर्राष्ट्रिय सहयोगको चामल वितरण नगरी राख्दा कुहिएपछि विश्व खाद्य कार्यक्रमले पनि खाल्डो खनेर पुर्दै आएको छ। विश्व खाद्य कार्यक्रमले मंगलबार मात्रै सिन्धुपाल्चोकको इर्खुमा एक लाख ६० हजार किलो कुहिएको चामल खाल्डो खनेर पुरेको थियो।

यसअघि सो संस्थाले सिन्धुपाल्चोककै खाडीचौर र भीमटारमा मात्र होइन काभ्रे, धादिङ र गोरखामा पनि चामल नष्ट गरिसकेको छ।

भूकम्पपछि देशभित्र आपूर्तिको सबै व्यवस्था मिलाउने जिम्मा वाणिज्य तथा आपूर्ति मन्त्रालयले लिएको थियो। मन्त्रालयका तत्कालीन एक सहसचिवका अनुसार ढुवानी खर्च विवादले लामो समयसम्म राहतको चामल भन्सार कार्यालयमा नै अड्कियो। सरकारले राहत सामग्रीमा भन्सार छुट दिए पनि ढुवानी खर्च विवाद पछिसम्मै रहेको उनको भनाइ छ।

‘बंगलादेशबाट आएको चामल गोरखा लैजाने तयारी भएको थियो, तर ढुवानी खर्च हिसाब गर्दा त्यतै किनेर बाँड्दा सस्तो पर्ने देखियो,’ ती सहसचिवले भने, ‘ढुवानी भाडाको विवाद लामो समयसम्म चल्यो। हामीले टुंगो लगाउन सकेनौँ, चामल खाद्य संस्थानमा लगेर गोदाममा थन्क्याएका हौँ।’ नयाँ पत्रिका दैनिकमा समाचार छ।

प्रकाशितः २०७३ वैशाख १७

वि.सं.२०७३ वैशाख १७ शुक्रवार १०:३१ मा प्रकाशित

You can share this post!

एनआरएनए सचिव पदका उम्मेदवार पन्थ युरोपमा

एनआरएनए सचिव पदका उम्मेदवार पन्थ युरोपमा

वि.सं.२०८० असोज ७ आइतवार १३:२४

काठमाडौं । गैह्र आवासीय नेपाली संघ(एनआरएनए) को हुन गइरहको अधिवेशनमा...

राहुघाट जलविद्युत् आयोजना :  १४ वर्षमा ६० प्रतिशत भौतिक प्रगति   

राहुघाट जलविद्युत् आयोजना : १४ वर्षमा ६० प्रतिशत भौतिक प्रगति   

वि.सं.२०८० असोज ७ आइतवार १३:१३

म्याग्दी, ७ असोज : नेपाल विद्युत् प्राधिकरणद्वारा निर्माणाधीन ४० मेगावाट...

एसियाडः पहिलो स्वर्ण चीनको खातामा   

एसियाडः पहिलो स्वर्ण चीनको खातामा   

वि.सं.२०८० असोज ७ आइतवार १२:५५

हाङ्झाउ, ७ असोज  : आयोजक राष्ट्र चीनले आइतबार एसियाली खेलकुदको...

सातै प्रदेशको सहभागितामा स्टार्टअप एण्ड आइडिया फेस्ट २०२३ आयोजना हुदै

सातै प्रदेशको सहभागितामा स्टार्टअप एण्ड आइडिया फेस्ट २०२३ आयोजना हुदै

वि.सं.२०८० असोज ७ आइतवार १२:४८

काठमाडौं । असोज १९ र २० गते काठमाडौंको बानेश्वर बैंकुटमा...

पर्यटकको पर्खाइमा मिलेनियम ट्रेकका पर्यटन व्यवसायी   

पर्यटकको पर्खाइमा मिलेनियम ट्रेकका पर्यटन व्यवसायी   

वि.सं.२०८० असोज ७ आइतवार १२:३७

वासुदेव पौडेल गण्डकी, ७ असोज : उत्तरतर्फ हिमाल दिनानुदिन खुल्दै...

सरकारका दुईवटा विकास ऋणपत्र नेप्सेमा सूचीकृत

सरकारका दुईवटा विकास ऋणपत्र नेप्सेमा सूचीकृत

वि.सं.२०८० असोज ७ आइतवार १२:३०

काठमाडौं  । सरकारका दुईवटा विकास ऋणपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा...