
काठमाण्डौं । नेपाल ग्यासले हाइड्रोलिक टेस्टमा असफल भएका नौ सय सिलिन्डर नष्ट गरेको छ । उद्योगले हिजो बिहीबार सरकारी अधिकारी, उपभोक्ताकर्मी र पत्रकार राखेर ती सिलिन्डर नष्ट गरेको हो ।
यो उद्योगले वर्षेनी हाइड्रोलिक टेस्टमा असफल भएका सिलिन्डर नष्ट गर्दै आएको छ । नेपालको पहिलो ग्यास उद्योग नेपाल ग्याँसले वर्षेनी जोखिम भएका सिलिन्डरलाई काटेर कवाडीमा दिने गरेको छ ।
नेपालमा एलपीजी कानुनको अभावमा धेरै ग्यास कम्पनीले जोखिमयुक्त ग्यास बजारमा बिक्री गरिरहेका छन् । पशुपति शम्शेर राणाले स्थापना गरेको यो उद्योग अहिले अविनाश समूहले किनेको छ । अविनाश समूहले उद्योग किनेपछि पनि उपभोक्ताको सुरक्षालाई प्राथमिकतामा राखेर बजारमा ग्यास पु¥याइरहेको छ ।
१७ बैशाख २०७३, ११।००
वि.सं.२०७३ वैशाख १७ शुक्रवार ११:२४ मा प्रकाशित