
काठमाण्डौं । साता कारोबारको अन्तिम दिन सुनचाँदीको मूल्यमा भारी बृद्धि भएको छ।
अघिल्लो दिन प्रतितोला १ सय रुपैयाँले बढेको सुन आज १२ सय रुपैयाँले बढेको छ। हिजो प्रतितोला ५५ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएकोमा आज यो मूल्य ५६ हजार ५ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य पनि बढेर प्रतितोला ८ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन प्रतितोला ७ सय ८५ रुपैयाँ कायम भएको चाँदी आज १५ रुपैयाँले बढेको हो।
प्रकाशितः २०७३ वैशाख १७
वि.सं.२०७३ वैशाख १७ शुक्रवार १२:२७ मा प्रकाशित