back
Ncell Banner Ad

बैंकको २ करोड ७ लाख कित्ता सेयर बजारमा थपियो

काठमाण्डौं । नेपाल इन्भेष्टमेन्ट बैंकसहित ८ कम्पनीका २ करोड ७ लाख कित्ता सेयर बजारमा थपिएको छ। कम्पनीका साधारण, बोनस र हकप्रद सेयर बजारमा सूचीकृत भएको हो। सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट बैंकको १ करोड ५७ लाख ७३ हजार ६ सय ७५ कित्ता बोनस सेयर थपिएको छ।

सो कम्पनीको ९० लाख कित्ता साधारण एफपीओ सेयर पनि बजारमा चाँडै नै सूचीकृत हुने छ। हाल कम्पनीको सेयर बाँडफाँडमा नपरेको रकम फिर्ता भइरहेको छ।
यो साता रिलायन्स लोटस फाइनान्सको ५ लाख १४ हजार २ सय ८६ कित्ता साधारण सेयर बजारमा थप भएको छ। यसअघि कम्पनीले जारी गरेको एफपीओ सेयर यो साता मात्रै बजारमा सूचीकृत भएको हो।

त्यस्तै काबेली विकास बैंकको १ लाख ७२ हजार र गण्डकी विकास बैंकको १० लाख ५६ हजार कित्ता सेयर थप भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

एस डेभलपमेन्ट बैंकको ११ लाख ५० हजार ९ सय ५ कित्ता, कामना विकास बैंकको ११ लाख ११ हजार ९ सय ५८ कित्ता, काबेली विकास बैंकको ६८ हजार ८ सय कित्ता बोनस सेयर सूचीकृत भएको छ। डिप्रोक्स लघुवित्त विकास बैंकको ८ लाख ५९ हजार ७ सय ४६ कित्ता बोनस सेयर पनि बजारमा थपिएको छ।

१७ बैशाख २०७३, १.००

वि.सं.२०७३ वैशाख १७ शुक्रवार १५:११ मा प्रकाशित

You can share this post!

बागलुङमा जीप दुर्घटना, तीन जनाको मृत्यु   

बागलुङमा जीप दुर्घटना, तीन जनाको मृत्यु   

वि.सं.२०८१ भदौ २८ शुक्रवार १०:०५

ढोरपाटन (बागलुङ), २८ भदौः गलकोट नगरपालिका–२ भुङ्खानीमा जीप दुर्घटना हुँदा...

ओरियण्टल होटल्सद्वारा लाभांश घोषणा, बोलायो साधारण सभा

ओरियण्टल होटल्सद्वारा लाभांश घोषणा, बोलायो साधारण सभा

वि.सं.२०८१ भदौ २८ शुक्रवार १०:०२

काठमाडौं । ओरियण्टल होटल्स् लिमिटेडले लाभांश घोषणा गरेको छ ।...

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली, व्यवस्थापन र पूर्वाधार निर्माणको दबाब   

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली, व्यवस्थापन र पूर्वाधार निर्माणको दबाब   

वि.सं.२०८१ भदौ २८ शुक्रवार ०६:४१

शुरबहादुर सिंह कर्णाली, २८ भदौः कर्णालीमा आगामी मङ्सिर २–९ गतेसम्म...

उडान कम हुँदा भोजपुरबाट काठमाडौँ जाने यात्रु मारमा   

उडान कम हुँदा भोजपुरबाट काठमाडौँ जाने यात्रु मारमा   

वि.सं.२०८१ भदौ २८ शुक्रवार ०६:३३

टक्सार (भोजपुर), २८ भदौः भोजपुर नगरपालिका–१२ टक्सारमा रहेको जिल्लाको एकमात्र...

मानसरोवर कैलाश जानेको सङ्ख्या बढ्यो   

मानसरोवर कैलाश जानेको सङ्ख्या बढ्यो   

वि.सं.२०८१ भदौ २८ शुक्रवार ०६:२८

रसुवा, २८ भदौः गत जेठदेखि भदौ २५ सम्म मानसरोवर कैलाश...

लगानी बोर्डको सिइओमा सुशील ज्ञवाली नियुक्त

लगानी बोर्डको सिइओमा सुशील ज्ञवाली नियुक्त

वि.सं.२०८१ भदौ २८ शुक्रवार ०६:२२

काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा...