back

नेपालका हिमशृङ्खला राष्ट्रिय एकताको प्रतीक : राष्ट्रपति

Kumari bank ad

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय एकता, समन्वय, भ्रातृत्व र सहिष्णुताको प्रतीक नेपालका हिमशिखर अमूल्य निधि एवम् राष्ट्रिय धरोहर भएको बताएकि छिन ।

मनास्लु–ल्होत्से हिमालको प्रथम आरोहणको ६० वर्ष पूरा गरेका उपलक्ष्यमा शनिबार काठमाडौँमा आयोजित हीरक महोत्सवलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले भौगोलिक विशिष्टता र अनुपम पहिचान बोकेको हिमालय पर्वत आफैँमा विश्वको ज्यादै ठूलो महत्वपूर्ण धरोहर भएको उल्लेख गरिन ।

राष्ट्रपति भण्डारीले नेपालको भौगोलिक विशिष्टता हिमालय शृङ्खला पर्यावरणका दृष्टिले एकदम संवेदनशील क्षेत्र हो भन्दै हीरक समारोहमा पर्वतीय पर्यटनका चुनौती र अवसरबारे गरिने सम्मेलनले जलवायु परिवर्तनको असर र यसको जोखिम नियन्त्रणका लागि विज्ञबाट आउने सुझाव महत्वपूर्ण हुने बताइन् । “भौगोलिक, सांस्कृतिक, जैविक र जातीय विविधताले भरिपूर्ण राष्ट्रिय एकताको प्रतीक नेपालका लागि हिमशृङ्खला राष्ट्रिय धरोहर हुन् । पर्यटन विकास, सांस्कृतिक अध्ययन र अनुसन्धान, पानीको भरपर्दो स्रोत, जैविक विविधता आदिको समष्टिगत हिसाबले ठूलो आधार हिमाललाई लिइन्छ”–उनले भनिन ।

राष्ट्रपति भण्डारीले विगतका विभिन्न प्राकृतिक प्रकोपमा पनि पर्वतारोहण गरी अदम्य साहसका प्रतीकका रुपमा आफ्नो बहुमूल्य जीवन उत्सर्ग गर्ने स्वदेशी तथा विदेशी पर्वतारोही, अध्ययनकर्ता र पदप्रदर्शकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरिन । राष्ट्रपति भण्डारीले अदम्य साहस र उत्साहका साथ उच्च शिखर आरोहण गरी नेपाललाई विश्वसामु अझ बढी परिचित गराउने पर्वतारोहीको विशिष्ट योगदानको स्मरणसमेत गरिन ।

सो अवसरमा सूचना तथा सञ्चारमन्त्री शेरधन राईले नेपालको हिमाल र पदयात्रा साहसिक पर्यटनका लागि विश्व पर्यटनको आकर्षण रहेको उल्लेख गर्दै अर्थतन्त्रको मुख्य आधारका रुपमा रहेको पर्यटन क्षेत्रको प्रवद्र्धन एवं विकासका लागि सरकारले विशेष महत्व दिएको बताए ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव प्रेमकुमार राईले साहसिक पर्यटनका लागि विश्वकै आकर्षण रहेको नेपालको पर्वतीय पर्यटन प्रवद्र्धन र जलवायु परिवर्तनबाट हुन सक्ने जोखिम नियन्त्रणका लागि सम्मेलन फलदायी हुने विश्वास व्यक्त गरे ।

नेपाल पर्वतरोहण सङ्घका अध्यक्ष आङछिरिङ शेर्पाले महोत्सवले नेपालको पर्यटन प्रवद्र्धन र पुनरोत्थान तथा नेपाल पर्यटनका लागि सुरक्षित गन्तव्य रहेको सकारात्मक सन्देश प्रवाह गर्न सहयोग पुग्ने धारणा राखेका थिए ।

नेपालका लागि जापानी राजदूत मासासी ओगावाले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउन हीरक महोत्सव फलदायी हुने बताए । मनास्लुका प्रथम आरोही मिनोरु हिगेटाले ६० वर्षअघि मनमोहक हिमालको सफल आरोहणले नेपालप्रतिको मोहलाई बढाएको बताए ।

पर्यटन मन्त्रालय र नेपाल पर्वतारोहण सङ्घले संयुक्त रुपमा आयोजना गरेको महोत्सवमा मनास्लु हिमालका प्रथम आरोही हिगेटा, सगरमाथा आरोहण गर्ने प्रथम आरोही जुनको ताबेई लगायत स्वदेशी तथा विदेशी पर्वतारोही तथा नेपाल सरकारका उच्चपदस्थ अधिकारीको सहभागिता थियो ।

सो अवसरमा केटु हिमाल चढ्ने प्रथम नेपाली महिला पासाङ ल्हामु शेर्पा, हिमालयन ट्रस्ट संस्था तथा मनास्लु प्रथम आरोही हिगेटा, जुनको तावेइलगायत विभिन्न आरोहीलाई कदरपत्रद्वारा सम्मान गरिएको थियो ।

१८ वैशाख २०७३

वि.सं.२०७३ वैशाख १८ शनिवार १५:५४ मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकको सेवा अवरुद्ध हुने

ग्लोबल आइएमई बैंकको सेवा अवरुद्ध हुने

वि.सं.२०८० असोज १० बुधवार १८:४७

काठमाडौं । ग्लोबल आइएमई बैंकको सेवा २ घण्टा अबरुद्ध हुने...

नेशनल लाईफ इन्स्योरेन्सको तीन दिने चेयरपर्सन कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्सको तीन दिने चेयरपर्सन कार्यक्रम सम्पन्न

वि.सं.२०८० असोज १० बुधवार १८:३४

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुका लागि ३...

सनराइज क्यापिटलको वार्षिक साधारण सभा सम्पन्न, ३० प्रतिशत नगद लाभांश पारित

सनराइज क्यापिटलको वार्षिक साधारण सभा सम्पन्न, ३० प्रतिशत नगद लाभांश पारित

वि.सं.२०८० असोज १० बुधवार १८:२८

काठमाडौं । लक्ष्मी सनराइज बैंकको पूर्ण स्वामित्वमा बैंकको सहायक कम्पनीका...

गरिमा विकास बैंकका ग्राहकले विदेशबाट पनि मोबाईल बैकिङ सुचारु गर्न मिल्ने

गरिमा विकास बैंकका ग्राहकले विदेशबाट पनि मोबाईल बैकिङ सुचारु गर्न मिल्ने

वि.सं.२०८० असोज १० बुधवार १८:२२

काठमाडौं । गरिमा विकास बैंकले विदेशबाट मोबाईल बैकिङ सुचारु गर्ने...

आँबुखैरेनीमा रासायनिक मल कारखाना खोल्न सम्भाव्यता अध्ययनका लागि मलेसियन कम्पनीसँग सम्झौता   

आँबुखैरेनीमा रासायनिक मल कारखाना खोल्न सम्भाव्यता अध्ययनका लागि मलेसियन कम्पनीसँग सम्झौता   

वि.सं.२०८० असोज १० बुधवार १८:०८

काठमाडौँ, १० असोज : नेपालमा रासायनिक मल कारखाना खोल्ने सम्बन्धमा...

अब बैंकले दैनिक २० केजी सुन आयात गर्नसक्ने, राष्ट्र बैंकले जारी गर्यो सर्कुलर

अब बैंकले दैनिक २० केजी सुन आयात गर्नसक्ने, राष्ट्र बैंकले जारी गर्यो सर्कुलर

वि.सं.२०८० असोज १० बुधवार १७:५९

काठमाडौं । नेपाल राष्ट्र बैंकले आयात गर्न सकिने सुनको दैनिक...