
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बजेटले लक्ष्य निर्धारण गरेअनुसार परिणाम देखिने गरी काम गर्न मन्त्रालयका सचिवहरुलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित ‘चालु आवको बजेट कार्यक्रमको प्रगति तथा कार्यान्वयका चुनौती’ विषयको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी दुई महिनाभित्र विकास खर्चको प्रगति ८० प्रतिशत पुर्याउने गरी कामको चाँजोपाँजो मिलाउन निर्देशन दिएका हुन ।
चैत मसान्तभित्र विकास खर्चको प्रगति केवल १८ प्रतिशत मात्र रहेको छ ।
प्रधानमन्त्री ओलीले भने “विकास निर्माणका कार्यक्रमलाई गुणस्तरीय र प्रभावकारी बनाउन आवश्यक छ, आगामी दुई महिनाभित्र विकास खर्च कम्तिमा पनि ८० प्रतिशत हुने गरी काम गर्नोस् ।”
सो अवसरमा प्रधानमन्त्री ओलीले मन्त्रालयका सचिवसँग किन विकास बजेट खर्च भएन, के समस्या देखियो, अब कसरी लक्ष्य हासिल गर्न सकिन्छ भनेर जिज्ञासा मागेका थिए ।
मन्त्रालयगत खर्च र प्रगति विवरण प्रस्तुत गर्दै सचिवले भूकम्प, लामो समयसम्मको नाकाबन्दी, योजना कार्यान्वयनमा लैजान झन्झटिलो प्रक्रिया र एक अर्का मन्त्रालयसँग जोडिएका विषयवस्तुले निर्धारित लक्ष्य समयमै प्राप्त गर्न चुनौती खडा गरेको जानकारी गराउनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव प्रेमकुमार राईले जानकारी दिए ।
१८ वैशाख २०७३
वि.सं.२०७३ वैशाख १८ शनिवार १६:१७ मा प्रकाशित