back
SKIP
prime bank ad

प्रेस काउन्सिलकै कारबाहीमा परेका पाठकलाई बोर्ड सदस्य पुरस्कार !

Kumari bank ad

काठमाडौँ । प्रेस काउन्सिलद्वारा कार्वाही जारी राखिएका दिपक पाठकलाई प्रेस काउन्सिलकै बोर्ड सदस्य नियुक्त गरिंदै छ । प्रधानमन्त्रीको ठाडो निर्देशन पछि शनिबार बिदाको दिनमा पनि संचार मन्त्रालय खुला राखी नियुक्तिको काम तिब्र गतिमा अघि बढाइएको हो ।  ठगि, किर्ते, चेक बाउन्स लगाएतको मुद्धामा जिल्ला र सर्वोच्च अदालतद्वारा काउन्सिलको उक्त कार्वाही सदर गरिएका पाठक नेपाल प्रहरीको फरार सुचिमा छन् ।

गत हप्ता सन्चार मन्त्री र सचिवद्वारा आ-आफ्नो कार्यकक्षबाट गेट आउट भनिएका आफ्नै गाउँले पाठकलाई प्रधानमन्त्री ओलीको पुरस्कारस्वरुप सरकारको तर्फबाट सवा नौ लाख नगद दिनैपर्ने र नियुक्त पनि नगरी नहुने कडा निर्देशन थियो । साता ब्यापी जेनेभाको भ्रमण एवं कार्यक्रममा शनिबारै राति जाने तयारीमा रहेका संचार मन्त्री  शेरधन राई काउन्सिल सदस्य टुंग्याएर मात्र जाने तयारीमा छन् ।

बिबादित मानिसलाई सदस्य नबनाउने मन्त्री राईको अडान प्रधानमन्त्रीको आदेशका समू टिक्न नसकेको स्रोतको दाबी छ । मन्त्रीले ओली निकटका नेता शंकर पोखरेल मार्फत पनि उपयुक्त पात्र नभएको संदेश पठाएका थिए, स्रोतले भन्यो प्रधानमन्त्री कन्भिन्स नभएपछि बाध्यताबस नियुक्ति गरेर जेनेभा जाने तयारीमा मन्त्री राई रहेका छन् ।

पाठक संगै नियुक्त हुने अन्य सदस्यमा गोविन्द चौलागाइँ र शुभेच्छाबिन्दू तुलाधर रहेका छन् ।

१८ बैशाख २०७३ / ५:२४:२४

वि.सं.२०७३ वैशाख १८ शनिवार १७:३५ मा प्रकाशित

You can share this post!

गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य   

गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य   

वि.सं.२०८० असोज ११ बिहीवार २०:५०

गण्डकी, ११ असोज : गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको...

भोली शुक्रबार सार्वजनिक विदा दिने प्रदेश सरकारको निर्णय

भोली शुक्रबार सार्वजनिक विदा दिने प्रदेश सरकारको निर्णय

वि.सं.२०८० असोज ११ बिहीवार २०:४६

विराटनगर, ११ असोज । कोशी प्रदेश सरकारले भोली असोज १२...

चार महिनापछि सौर्य सिमेन्टको चुनढुङ्गा ढुवानी गर्ने तयारी   

चार महिनापछि सौर्य सिमेन्टको चुनढुङ्गा ढुवानी गर्ने तयारी   

वि.सं.२०८० असोज ११ बिहीवार २०:३७

कटारी (उदयपुर), ११ असोज : उदयपुरको कटारी–८ स्थित आहालेको खानीबाट...

विद्यार्थीमा स्क्रब टाइफस देखिएपछि दुई दिन  विद्यालय बन्द   

विद्यार्थीमा स्क्रब टाइफस देखिएपछि दुई दिन विद्यालय बन्द   

वि.सं.२०८० असोज ११ बिहीवार २०:२६

वालिङ (स्याङ्जा), ११ असोज : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–६ मा रहेको...

ग्लोबल आइएमई बैंकको ६६औँ एक्सटेन्सन काउन्टर गुल्मीको इन्द्रेगौंडामा

ग्लोबल आइएमई बैंकको ६६औँ एक्सटेन्सन काउन्टर गुल्मीको इन्द्रेगौंडामा

वि.सं.२०८० असोज ११ बिहीवार २०:२२

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले गुल्मी जिल्लाकोे मुसीकोट नगरपालिका...

नेपाली युवा प्रज्वल ताम्राकारलाई ‘मिस्टर कन्जेनिलिटी’ अवार्ड

नेपाली युवा प्रज्वल ताम्राकारलाई ‘मिस्टर कन्जेनिलिटी’ अवार्ड

वि.सं.२०८० असोज ११ बिहीवार २०:१५

काठमाडौं । नेपाली युवा प्रज्वल ताम्राकारलाई १५औं मिस्टर इन्टरनेशनल २०२३...