back

धरहरा पुननिर्माणका लागि जिफन्टद्धारा कोष स्थापना

काठमाडौ । मै बनाउँछु मेरो धरहरा राष्ट्रिय अभियानअन्तर्गत नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट)ले ३ लाख ८७ हजार ४ सय १८ रुपैंयाको धरहरा पुननिर्माण कोष स्थापना गरेको छ ।

१ सय २७ औं मे दिवसको अवसरमा काठमाडौको भृकुटीमण्डपमा आयोजित कार्यक्रमकाबीच नेकपा एमालेका महासचिव इश्वर पोखरेलको उपस्थितिमा उक्त कोष खडा गरिएको हो । कोषमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार एवं जिफन्ट अध्यक्ष विष्णु रिमालले आफ्नो ३ दिनको तलब प्रदान गर्ने घोषणा गरेका छन् ।

आजैबाट धरहरा बनाउन म पनि सामेल जिफन्टको यो अभियानमा सम्पूर्ण श्रमिकहरुलाई एक दिन बराबरको तलब प्रदान गर्न जिफन्टले आब्हान गरेको छ । कोषमा होटल क्षेत्रको मजदूर यूनियन नेस्वहोमयू शोल्टीले ५० हजार प्रदान गरेको थियो भने पर्यटन क्षेत्रको मजदुर यूनियन यूनिट्राभ अन्तर्गत हिमालयन इन्काउन्टर ठमेलले २० हजार प्रदान गरेको थियो ।

कार्यक्रममा जिफन्टका अध्यक्ष एवं प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले यो साल नवनिर्माण र पूननिर्माणको नीम्ति महत्वपूर्ण भएकाले सबै श्रमिकलाई यो अभियानमा सामेल हुन आग्रह गरेका थिए ।

कोषमा सहयोग प्रदान गर्न इच्छुक व्यक्तिहरुले राष्ट्रिय वाणिज्य बैंक थापाथलीको धरहरा पूननिर्माण कोषको चल्ती खाता नं. १४३०००१९८००१ सहयोग प्रदान गर्न सकिने जिफन्टका महासचिव विष्णु लम्सालले जानकारी दिए ।

कार्यक्रमका अवसरमा जिफन्टका पूर्वमहासचिव उमेश उपाध्यायद्धारा लिखित ʽशाही तबेलाका बुढा घोडाहरुʼ नामक कविता संग्रह विमोचन गरिएको थियो । २०६२/६३ को आन्दोलनका गतिबिधीलाई समेटेर कवितासंग्रह सार्वजनिक गरिएको लेखक एवं पूर्वमहासचिव उपाध्ययले जानकारी दिएका छन् ।

जिफन्टले देशका मुख्य शहरहरु विर्तामोड, विराटनगर, गाईघाट,लालबन्दी, सिमरा, पोखरा, बुटवल,नेपालगंज, घनगढी, दोलखा लगायत शहरहरुमा अञ्चलस्तरीय कार्यक्रम सम्पन्न गरेको छ ।

१९ बैशाख २०७३, ४.००

वि.सं.२०७३ वैशाख १९ आइतवार १६:४२ मा प्रकाशित

You can share this post!

राष्ट्रिय जनावर गाईकोचित्र अङ्कित ‘मेडालियन सिक्का’ सार्वजनिक   

राष्ट्रिय जनावर गाईकोचित्र अङ्कित ‘मेडालियन सिक्का’ सार्वजनिक   

वि.सं.२०८० असोज ७ आइतवार १५:३४

काठमाडौँ, ७ असोज : नेपाल राष्ट्र बैंक, टक्सार महाशाखाले सुन्धाराबाट...

चिलिमे-त्रिशूली २२० केभी प्रसारणलाइन पुसभित्र सक्न समयसीमा तय  

चिलिमे-त्रिशूली २२० केभी प्रसारणलाइन पुसभित्र सक्न समयसीमा तय  

वि.सं.२०८० असोज ७ आइतवार १५:२८

काठमाडौँ ७ असोजः त्रिशूली चिलिमे र सहायक नदीहरुको बिजुली राष्ट्रिय...

सेयर बजारमा १९ अंकको गिरावट, एक कम्पनीमा लाग्यो नकरात्मक सर्किट

सेयर बजारमा १९ अंकको गिरावट, एक कम्पनीमा लाग्यो नकरात्मक सर्किट

वि.सं.२०८० असोज ७ आइतवार १५:२२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

माछापुच्छ्रे बैंकको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

माछापुच्छ्रे बैंकको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८० असोज ७ आइतवार १५:११

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८० असोज ७ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

थप एक कम्पनीको आईपीओ नेप्सेमा सूचिकृत, भोलीदेखि कारोबारमा आउने

थप एक कम्पनीको आईपीओ नेप्सेमा सूचिकृत, भोलीदेखि कारोबारमा आउने

वि.सं.२०८० असोज ७ आइतवार १४:३७

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा आइतबार एक कम्पनीको...