
काठमाण्डौं । विश्वभरमा घुम्नका लागि उत्कृष्ट गन्तव्यमा दक्षिण एसियाका सहरलाई पछि पार्दै काठमाडौं विश्वको २३ औं स्थानमा परेको छ। योसँगै यात्रा सम्वन्धि विश्वको सवैभन्दा ठूलो ट्राभल अनलाइन पोर्टल ट्रिप एडभाइजरले काठमाडौलाई ट्राभलर च्वाइस आवार्ड २०१६ वाट समेत सम्मानित गरिसकेको छ।
काठमाण्डौं शहरमा उपलब्ध होटेल, रेस्टुरेन्टको समिक्षा, मुल्याङ्कन र आकर्षणको मात्रा प्रयोग गरेर १२ महिनाको अवधिमा यहाँ भ्रमणमा आएका पर्यटकसँगको अन्तरक्रियामा आधारित रहेर विश्वका उत्कृष्ट गन्तव्यको छनौट गरिएको ट्रिप एडभाइजरले जनाएको छ। यसका लागि ट्रिप एडभाइजरले विश्वभरका करोडौं पर्यटकको सिफारिसमा उत्कृष्ट गन्तव्यको धोषणा गर्ने गर्दछ। भ्रमणका लागि काठमाण्डौं दक्षिण एसियामा नै उत्कृष्ट शहर बन्न पुगेको हो ।
हरेक बर्ष ट्रिप एडभाइजरले संसारका उत्कृष्ट गन्तव्यको सुचि सार्वजनिक गर्ने गर्दछ। ट्रिप एडभाइजरले गएको महिना पनि नेपाललाई पर्यटकको उत्कृष्ट गन्तव्यको सुचीमा राखेको थियो।
उत्कृष्ट एक नम्बरमा गत बर्षदेखि बेलायतको लण्डन सहर रहेको छ। टर्कीको राजधानी स्तानबुल दोस्रो नम्बरमा परेको छ। त्यस्तै तेस्रो, चौथो, पाँचौं, छैठौं, सातौ, आठौ, नवै र दशौं नम्बरमा क्रमश मोरक्को, पेरिस,कम्बोडिया, चेक रिपब्लिक, इटालीको रोम, भियतनाम, न्यूयोर्क सिटी र इन्डोनेसिया रहेका छन्। त्यस्तै एघारदेखि विसौं स्थानमा क्रमश स्पेनको वार्सिलोना, पोर्चुगलको लिस्वन, यूएईको दुवइ, रसियाको सेन्ट पिटर्सबर्ग, थाइल्याण्डको बैंकक, नेदरल्याण्डको आर्मस्ड्रम, अर्जेन्टिनाको व्युनर्स आयर्स, चीनको हंकङ, मेक्सिकोको क्यारमेन र दक्षिण अफ्रिकाको राजधानी केपटाउन रहेका छन्।
त्यस्तै जापानको राजधानी टोकियो, पेरुको कुस्को एक्काइसौ र वाइसौं स्थानमा रहेका छन्। काठमाण्डौं २३ औं शहरमा पर्न सफल भएको छ भने अस्ट्रेलियाको राजधानी सिड्नी र हंगेरीको बुडापेस्ट क्रमशः २४ र २५ मा परेका छन् ।
१९ बैशाख २०७३, ४।००
वि.सं.२०७३ वैशाख १९ आइतवार १७:०६ मा प्रकाशित