
काठमाण्डौं । नबिल बैंकले तेस्रो त्रैमासिक अवधिमै खुद नाफा दुई अर्ब रुपैयाँ नघाएको छ । बैंकले गत बर्षको सोही अवधिको तुलनमा करिब ४४ करोड रुपैयाँ नाफा बढाएको हो । बैंकले दुई अर्ब पाँच करोड रुपैयाँ खुद नाफा कमाएको हो ।
व्याज आम्दानीमा गरेको उल्लेख्य बृद्धि, राइट व्याक र विदेशी विनिमयको कारोबार गरेको नाफाले खुद नाफा बढेको हो । व्याज आम्दानीमा मात्रै बैंकले करिब ३० करोड रुपैयाँ बढाएको छ । बैंकले चैत मसान्तसम्म तीन अर्ब तीन करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको छ ।
बैंकले विदेशी विनिमयको कारोबारबाट ४२ करोड रुपैयाँ कमाएको छ । यो आम्दानी निकै धेरै हो । डलरको भाउ आकासिँदा बैंकले यसको कारोबारबाट पनि त्यत्ति नै धेरै नाफा आर्जन गर्यो । अघिल्लो वर्षको पहिलो त्रैमासिक अवधि विदेशी विनिमयबाट ३४ करोड रुपैयाँ कमाएको थियो । राइटव्याक गरेर बैंकले ११ करोड रुपैयाँ नाफामा जोडेको छ । फि र कमिशनबाट पनि बैंकले ३३ करोड रुपैयाँ कमाएको छ ।
२० बैशाख २०७३, ९।००
वि.सं.२०७३ वैशाख २० सोमवार १२:१० मा प्रकाशित