back
Kumari Bank

प्लस टु पास नगर्ने अब पत्रकार बन्न पाउँदैनन्: महासंघ

Nepal Bank

काठमाण्डौं । नेपाल पत्रकार महासङ्घले एसएलसी मात्र गरेका व्यक्तिले पत्रकार बन्न नपाउने गरी विधान संशोधनको प्रस्ताव ल्याएको छ ।
मङ्गलबारदेखि चितवनको रत्ननगरमा हुन लागेको विधान सभामा उक्त संशोधन प्रस्ताव पेस गर्न लागिएको पत्रकार महासङ्घले जनाएको छ। महासङ्घले सभासद्लाई अध्ययनका लागि दिएको उक्त विधान संशोधनको प्रस्तावमा पत्रकार बन्नलाई अब कम्तीमा पनि उच्च माध्यमिक तह वा सो सरहको पढाइ हुनुपर्ने प्रावधान राखिएको छ ।

यसअघिको विधानमा एसएलसी गरेर मापदण्ड पुगेका पत्रकार बन्न पाउने प्रावधान थियो । पत्रकार महासङ्घको विधान २०६० को चौथो संशोधनका लागि उक्त प्रस्ताव ल्याइएको महासङ्घका अध्यक्ष महेन्द्र विष्टले जानकारी दिए।

महासङ्घको कात्तिक २७ को बैठकले विधान संशोधन गर्ने निर्णय गरेअनुरुप फागुन १९ मा सभासद् र सदस्यबाट आएको सुझाव समेटेर चैत १५ मा उक्त प्रस्ताव पारित गरिएको हो ।

यस वर्ष पेसा र भौतिक सुरक्षालाई प्राथमिकता दिँदै पत्रकार तथा आमसञ्चारमाध्यमको व्यावसायिक हकहित र भौतिक सुरक्षाका लागि सक्रिय रहने भन्ने बुँदा थप गरिएको छ । प्रस्तावमा कार्यकारिणी सभालाई केन्द्रीय सभा बनाउने, सभासद्लाई केन्द्रीय सभासद् र प्रदेश सभा नयाँ थप्ने प्रस्ताव ल्याइएको छ । भौगोलिक हिसाबले सात प्रदेशमा विभाजन भए पनि महासङ्घले १० वटा प्रादेशिक संरचनाको प्रस्ताव गर्दैछ।

यसमा सातवटा प्रदेश, उपत्यका एक, एसोसिएट एक र प्रतिष्ठान एक गरी १० पुर्‍याउने योजना छ । यस्तै केन्द्रीय सभामा चयन हुने सभासद् यसअघि १० बराबर १ रहेकामा प्रस्तावित विधानमा १५ बराबर एक रहने व्यवस्था गरिएको छ ।

यसैबीच, महासङ्घको साधारणसभाका लागि केन्द्रीय समितिको टोली आइतबार साँझ रत्ननगर आइपुगेको छ । साधारणसभामा एक हजार ६५१ सदस्य सहभागी हुनेछन् । हाल महासङ्घका ७४ शाखा, ४२ प्रतिष्ठान, १० एसोसिएट र सात विदेशी शाखा रहेका छन् । देशभरका पत्रकारको सङ्ख्या १० हजारभन्दा माथि छ । साधारणसभाको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने महासङ्घले जनाएको छ । स्थानीय तहको तयारी लगभग पूरा भएको चितवन शाखाका अध्यक्ष हरि पोखरेलले जानकारी दिए।

२० बैशाख २०७३, १.००

वि.सं.२०७३ वैशाख २० सोमवार १६:२५ मा प्रकाशित

You can share this post!

रिलायबल नेपाल लाइफको सीईओमा पुनः नारायण बाबु लोहनी नियुक्त

रिलायबल नेपाल लाइफको सीईओमा पुनः नारायण बाबु लोहनी नियुक्त

वि.सं.२०८२ असार २२ आइतवार १४:११

काठमाडौं : रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी...

एलन मस्कद्वारा नयाँ अमेरिकी राजनीतिक पार्टीको घोषणा   

एलन मस्कद्वारा नयाँ अमेरिकी राजनीतिक पार्टीको घोषणा   

वि.सं.२०८२ असार २२ आइतवार १४:०५

वासिङ्टन  : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व सहयोगी एलन मस्कले...

‘ग्लोबल आइएमई समुन्नत योजना–२’ सार्वजनिक निष्काशनमा: १० वर्षमा २२४.९६ प्रतिशत प्रतिफलको प्रक्षेपण

‘ग्लोबल आइएमई समुन्नत योजना–२’ सार्वजनिक निष्काशनमा: १० वर्षमा २२४.९६ प्रतिशत प्रतिफलको प्रक्षेपण

वि.सं.२०८२ असार २२ आइतवार १२:३८

काठमाडौं : ग्लोबल आइएमई क्यापिटल लिमिटेडले सञ्चालन गर्न लागेको ‘ग्लोबल...

नेपाल एसबिआई बैंकले असार ३० गतेदेखि ऋणपत्र निष्काशन गर्ने, ब्याजदर कति ?

नेपाल एसबिआई बैंकले असार ३० गतेदेखि ऋणपत्र निष्काशन गर्ने, ब्याजदर कति ?

वि.सं.२०८२ असार २२ आइतवार ११:४२

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले असार ३० गतेदेखि ऋणपत्र...

सोटो नेपालको नयाँ कार्यसमिति चयन   

सोटो नेपालको नयाँ कार्यसमिति चयन   

वि.सं.२०८२ असार २२ आइतवार ११:३६

काठमाडौँ : नेपालका ट्राभल तथा टुर अपरेटरहरूको साझा संस्था सोसाइटी...

सहकारीमार्फत पर्यटन समृद्धिको लक्ष्यसहित ‘पर्यटन सहकारी जनशक्तिको क्षमता विकास तालिम’ आयोजना

सहकारीमार्फत पर्यटन समृद्धिको लक्ष्यसहित ‘पर्यटन सहकारी जनशक्तिको क्षमता विकास तालिम’ आयोजना

वि.सं.२०८२ असार २२ आइतवार ११:२३

काठमाडौं : नेपाल पर्यटन केन्द्रीय सहकारी संघ लिमिटेड, ललितपुरको आयोजनामा...