काठमाण्डौं । अमेरिकाले दिने इलेक्ट्रोनिक ड्राइभर्सिटी भिसा (इडिभी)को नतिजा आज मंगलबार आउने भएको छ।
इडिभी २०१७ का लागि १ अक्टोवरदेखि ३ नोभेम्बर २०१५ सम्म आवेदन खुला गरिएको थियो। सोही समयमा इडिभीको आवेदन भरेकाहरुको आजबाट नतिजा थाहा पाउन सकिने भएको हो । अमेरिकी विदेश मन्त्रालयको ब्यूरो अफ कन्सुलर अफेयर्सले मंगलबारदेखि २०१७ का लागि इडिभी भरेकाले आफ्लाई इडिभी परे नपरेको थाहा पाउन सक्ने बताएको छ।
तपाईको इडिभीको नजिता हेर्न यहाँ क्लिक गर्नुहोस् ।
२१ बैशाख २०७३, ९।००
वि.सं.२०७३ वैशाख २१ मंगलवार १२:०१ मा प्रकाशित