
रोल्पा । रोल्पाको खुङग्री–३ धारापानीमा सोनु फ्यूल एण्ड अटो केमिकल्स सेन्टर सञ्चालन भएको छ ।
आइतबार रोल्पाका प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले फ्यूल सेन्टरको उद्घाटन गरेका हुन् । उद्घाटनका क्रममा प्रजिअ शर्माले सो फ्यूल सेन्टरले आगामी दिनमा जिल्लाको आपूर्तिलाई सहज बनाउने बताए । ‘यस अघि जिल्लाको सदरमुकाम नजिकबाट एक मात्र पेट्रोल पम्प सञ्चालनमा आइरहेकोले जिल्लामा आपूर्ति धान्न नसकेर अभाव हुने गरेको थियो’ उनले भने ‘अबदेखि त्यो समस्या टर्ने विश्वास छ ।’
गत १० महीना अघिदेखि निर्माण कार्य शुरु गरिएको उक्त फ्यूल सेन्टरमा करीब १ करोड ४० लाख रुपैयाँ लगानी गरिएको सञ्चालक बसन्त सुवेदीले बताए । २० हजार लिटर डिजेल र ९ हजार लिटर पेट्रोल स्टक क्षमता रहेको समेत सुवेदीले बताए । जिल्लामा फ्यूलको डिमाण्ड धेरै भइरहेको बेला यो पम्पले सहज रुपमा सेवा प्रदान गर्ने उनको भनाइ छ ।
प्रकाशितः २०७३ वैशाख २१
वि.सं.२०७३ वैशाख २१ मंगलवार १४:५६ मा प्रकाशित