back

बन्यो अत्याधुनिक ‘वेदर स्टेसन’, विमान दुर्घटना कम हुने विश्वास

Kumari bank ad

म्याग्दी । जिल्लाको घार गाविस–१ घोडेपानीमा मौसमी अवस्थाको जानकारी दिने अत्याधुनिक उपकरण जडित ‘वेदर स्टेसन’ स्थापना भएको छ ।

समुद्री सतहदेखि दुई हजार ८०० मिटरको उचाइमा रहेको घोडेपानी डाँडाको एक घरमा जोमसोमतर्फ फर्काएर राखिएको स्वचालित क्यामेराले खिचेको दृष्य इन्टरनेटमार्फत अवलोकन गर्न सकिने भएको छ ।

तारा एयर प्रालिले पोखरा–जोमसोम हवाईमार्गमा पर्ने घोडेपानी क्षेत्रको मौसमी अवस्थाको बारेमा जानकारी प्राप्त गर्न दुई हप्ताअघि वेदर स्टेसन स्थापना गरेको हो । सो प्रविधिमार्फत पोखरा, जोमसोम, काठमाडौँमा बसेरै घोडेपानी क्षेत्रको मौसमको अवस्था अवलोकन गर्न सकिने तारा एयरका प्रबन्धक भीमराज राईले बताउनुभयो ।

उहाँका अनुसार पोखरा–जोमसोम हवाई यात्रालाई सुरक्षित बनाउन तथा उडानका लागि सावधानी अपनाउन जापानको ‘वेदर न्युज’ संस्थाको सहयोगमा प्रविधि जडान गरिएको हो । “पोखरा–जोमसोम उडानका लागि घोडेपानी क्षेत्रको आकाशमा मौसमको अवस्था कस्तो छ भनेर जानकारी लिन प्रविधिले सहयोग गरेको छ”, राईले भन्नुभयो “त्यहाँको मौसमको बारेमा बुझेर मात्र उडान गर्न थालिएको छ ।”

कुहिरो लागेको, पानी परेको, आकाश खुले नखुलेको बारेमा तत्कालै सूचना पाउन सकिन्छ । घरको छतमा जडान भएको स्वचालित वेभ क्यामेराले खिचेका दृष्य प्रत्यक्ष देखिन्छ । पोखरा–जोमसोम हवाई यात्राका क्रममा म्याग्दीको घोडेपानीदेखि मुस्ताङको सिमानासम्मको मौसमको अवस्थाका बारेमा पूर्व जानकारी नहुँदा उडान भर्न समस्या हुने गरेको थियो ।

त्यस क्षेत्रको आकाशको मौसम छिटोछिटो परिवर्तन हुने गर्छ । चौबीसै घन्टा उपकरण चालु रहने व्यवस्था मिलाइएको घोडेपानीका बासिन्दा जुनबहादुर पुनले बताउनुभयो । जोमसोम र पोखरा विमानस्थलको टावरसँग सम्पर्क नहुने भएकाले १५ मिनेटको उडानमा जहाज घोडेपानीदेखि मुस्ताङको लेतेमाथिको आकाशमा नपुग्दासम्म पाँच मिनेट सम्र्पकविहीन हुने गर्छन् ।

२०७२ फागुन १२ गते पोखरादेखि जोमसोमका लागि उडेको तारा एयरको ट्विनअटर विमान म्याग्दीको दाना गाविस–२ सोलीघोप्टेमा दुर्घटना भएको थियो । म्याग्दी र मुस्ताङ जिल्लाको सिमानामाथिको आकाशमा कुहिरो लागेको अवस्थामा पोखराबाट उडेको जहाज पहाडमा ठोक्किएर दुर्घटना हुँदा २३ जनाको ज्यान गएको थियो ।

२२ बैशाख २०७३, १०।००

वि.सं.२०७३ वैशाख २२ बुधवार १२:१७ मा प्रकाशित

You can share this post!

नेप्सेमा एक बैंकको ऋणपत्र सूचिकृत

नेप्सेमा एक बैंकको ऋणपत्र सूचिकृत

वि.सं.२०८० असोज १६ मंगलवार १२:१८

काठमाडौं । नेप्सेमा एसबिआई बैंकको ऋणपत्र सूचीकृत भएको छ। मंगलबार...

समयमै काम नगर्ने २० कम्पनी कालोसूचीमा (सूचीसहित)

समयमै काम नगर्ने २० कम्पनी कालोसूचीमा (सूचीसहित)

वि.सं.२०८० असोज १६ मंगलवार १२:०४

काठमाडौं। प्रधानमन्त्री कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २० कम्पनीहरुलाई...

‘एनआईसी एसिया ग्रोथ फन्ड-२’ले १ अर्ब रुपैयाँको इकाई बिक्री गर्ने

‘एनआईसी एसिया ग्रोथ फन्ड-२’ले १ अर्ब रुपैयाँको इकाई बिक्री गर्ने

वि.सं.२०८० असोज १६ मंगलवार ११:३४

काठमाडौं । एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने एनआईसी...

एसियाड क्रिकेट : नेपाल भारतसँग पराजित   

एसियाड क्रिकेट : नेपाल भारतसँग पराजित   

वि.सं.२०८० असोज १६ मंगलवार ११:१३

काठमाडौँ, १६ असोज: चीनको हाङझाउमा जारी एसियाली खेलकुद प्रतियोगिता (एसियाड)अन्तर्गत...

डिजिटल वित्तीय सेवा प्रयोग सम्बन्धि राष्ट्र बैंक जारी गर्यो यस्तो सूचना

डिजिटल वित्तीय सेवा प्रयोग सम्बन्धि राष्ट्र बैंक जारी गर्यो यस्तो सूचना

वि.सं.२०८० असोज १६ मंगलवार ११:०४

काठमाडौं । नेपाल राष्ट्र बैंकले सजग भई डिजिटल वित्तीय सेवा...

सुनको भाउमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८० असोज १६ मंगलवार १०:५१

काठमाडौं । आज असोज १६ गते मंगलबार सुनको भाउमा गिरावट...