
नयाँ दिल्ली । रोयल च्यालेन्जर्स बैंलोरका कप्तान विराट कोहलीलाई आइपिएलले ३६ लाख रूपैयाँ जरिवाना गरेको छ।
कोलकात्तामा भएको खेलमा कोलकाता नाइट राइडर्सविरूद्धको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले स्लो ओवर रेटमा बलिङ गरेका कारण कप्तान कोहलीलाई २४ लाख भारतीय रूपैयाँ जरिवाना गराएको हो। यसअघि पनि सोही आरोपमा उनलाई १२ लाख रूपैयाँ जरिवाना गरेको थियो।
अहिलेसम्म आइपिएलमा ३६ लाख रूपैयाँ जरिवामा पाइसकेका कोहली अब फेरि एक पटक जरिवानामा परेमा उनी एक खेलको प्रतिबन्धमा पर्नसक्ने आइपिएलले जनाएको छ।
यसअगाडि पनि उनलाई ‘स्लो ओभर’ बलिङ गरेकै कारण १२ लाख रूपैयाँ जरिवाना लागेको थियो। यस्तै आइपिएलले रोयल च्यालेन्जर्स बैंगलोर टीमका लागि ६ लाख रूपयाँ जरिवाना लगाएको छ।
२२ बैशाख २०७३, १२।००
वि.सं.२०७३ वैशाख २२ बुधवार १३:१६ मा प्रकाशित